back
skip this Samagra

नेपाल किन समृद्ध हुन सकेन ?

हामी ‘राजनीति सेवा हो’ पनि भनिरहन्छौं, राजनीति गर्ने हजारौं नेता–कार्यकर्ताहरुलाई तलबले नपुगेर भत्ता र भत्ताले नपुगेर कमिसन पनि दिइरहन्छौं ।

देशलाई हाम्रा नेतृत्वहरुले कृत्रिम गरिबीमा राखिराखेको अवस्था हो । विश्वका अन्य देशमा सकिनै लागेका खनिजहरुका भर्जिन खानी हामीकहाँ छन् । विश्वबाटै लोप हुन लागेका जीवजन्तु र वनस्पति हामीसँगै छन् । सौन्दर्यका लागि जति पनि सामग्री अहिलेको विश्वले प्रयोग गरिरहेको छ, त्यसलाई आवश्यक कच्चा पदार्थको पहाड नै छ हामीसँग । तर हामी केही हजारमा कच्चा पदार्थ ट्रकमा बेची मुठ्ठीमा अटाउन सकिने तयारी सामग्री लाखमा किनिरहेका छौं । हामी देशमै जति पनि भएको जललाई विद्युतमा परिणत गर्दैनौं, बरु वर्षेनी खरबौंका खाना पकाउन एलपी ग्यासी, सवारीसाधन चलाउन डिजेल–पेट्रोल किन्छौं ।हामी ‘राजनीति सेवा हो’ पनि भनिरहन्छौं, राजनीति गर्ने हजारौं नेता–कार्यकर्ताहरुलाई तलबले नपुगेर भत्ता र भत्ताले नपुगेर कमिसन पनि दिइरहन्छौं । ७७ वटा जिल्लामा गाउँपिच्छे सांसद भेटिन्छन्, जसलाई नीति तथा सिद्धान्तको कुनै मतलब हुँदैन । बिहान एउटा पार्टीमा रहेका नेता, साँझ नपर्दै अर्को पार्टीमा भेटिन्छन् ।

हामी ‘राजनीति सेवा हो’ पनि भनिरहन्छौं, राजनीति गर्ने हजारौं नेता–कार्यकर्ताहरुलाई तलबले नपुगेर भत्ता र भत्ताले नपुगेर कमिसन पनि दिइरहन्छौं । ७७ वटा जिल्लामा गाउँपिच्छे सांसद भेटिन्छन्, जसलाई नीति तथा सिद्धान्तको कुनै मतलब हुँदैन । बिहान एउटा पार्टीमा रहेका नेता, साँझ नपर्दै अर्को पार्टीमा भेटिन्छन् ।

देश सबैभन्दा ठुलो सम्पत्ति युवा जनशक्ति हो । हाम्रो देशको नेतृत्वले त्यही युवा शक्तिलाई विदेश पलायन हुन लामो समयबाट बाध्य पारिरहेको छ, र वृद्धावृद्धालाई त्यही युवाले रेमिट्यान्समार्फत तिरेको करबाट भत्ता बाँडेका छन् । त्यही ‘वृद्धभत्ता’लाई भजाएर ‘मेरो पार्टीले जनताका लागि गज्जबै काम गरिरहेको छ’ भनिरहेका छन् । वैदेशिक ऋणमा देश फँस्दै गइरहेको छ, तर यसले हाम्रो नेतृत्वलाई कुनै फरक पारेक छैन । उनीहरु अझै पनि पाएसम्म ऋण थपिरहेका छन्, जसको ठुलो हिस्सा अमुक पार्टीका कार्यकर्तामा खर्च गरिरहेका छन् । एकाइसौं शताब्दीमा आइपुग्दा पनि राज्यस्रोतको दोहन गर्दै टाउको र पेट दुख्दा पनि विदेशै गएर उपचार गराउने नेताहरुलाई हामी पालिरहेका छौं ।राज्यले उनीहरुको उपचार खर्च बेहोरिरहेको छ । प्रधानमन्त्री भइसकेको व्यक्ति, जो आफैंमा सम्पन्न छ, करोडौंको सम्पत्ति छ, उसले पनि क्याविनेटबाटै निर्णय गराएर लाखौं रकम राज्यकोषबाट कुम्ल्याएकै छ ।

राज्यले उनीहरुको उपचार खर्च बेहोरिरहेको छ । प्रधानमन्त्री भइसकेको व्यक्ति, जो आफैंमा सम्पन्न छ, करोडौंको सम्पत्ति छ, उसले पनि क्याविनेटबाटै निर्णय गराएर लाखौं रकम राज्यकोषबाट कुम्ल्याएकै छ ।

यो सबै हेर्दा लाग्यो – नेपाल अविकसित देश होइन, अव्यवस्थित चाहिँ हो । हामीकहाँ देश तथा नागरिकका समृद्धिको लागि जति पनि सम्भावनाहरु छन् । देशलाई ऋणमुक्त बनाउनका लागि सयौं उपायहरु छन् । हामीले हिमालयबाट बगेको कञ्चन पानी मात्रै विश्वलाई पिलाउन सक्ने हो भने देश समृद्ध बन्छ । पानीमा उज्यालो खोज्ने हो भने, विद्युतबाटै विकसित बन्न सक्छौं । विश्वका अन्य देशमा नपाइने थुप्रै वनस्पतिहरु हामीकहाँ छन् । जडीबुटी छन् । काठहरु छन् । तर तिनीहरुलाई हामीले विश्वसामु बेच्न सकेनौं । अर्थतन्त्रको ठुलो हिस्सा ओगट्न सक्ने गाँजालाई हामीले त्यस्तो विदेशीको इसारामा अवैध घोषित गरिदियौं जसको आफ्नो देशमा वैध छ । जुन देशले नेपालमा गाँजा अवैध घोषित गरायो, त्यसले हामीकहाँ पठाउने औषधिमा गाँजा छ । अल्कोहलमा गाँजा छ । लत्ताकपडाहरु गाँजाबाट बनेका छन् । नेपालमा गाँजा अवैध गराउने विदेशी नेपालमा नै गाँजाबाट बनेका सामग्रीहरु बेचिरहेको छ । यसरी विगतदेखि नै नेपाललाई ‘बफर जोन’ बनाउने काम हुँदै आएको छ ।

हामीलाई लाग्छ, हाम्रा यी डाँडापाखा काम लाग्दैनन् । उब्जाउ छैनन् । साना–साना पहाडका टाकुराहरुबाट सदुपयोग गर्न सकिँदैन । त्यहाँ कोहीकसैको लालपुर्जा छ भने पनि उनीहरुले आम्दानी गर्न सकेका छैनन् । कोतमात्र तिरेर झन् गरिबीतर्फ गइरहेका छन् । तर पर्यटकीय दृष्टिले हेर्ने हो सोच्ने हो भने यस्ता पहाड, डाँडापाखा र चुचुराहरुमा म अथाह सम्भावना देख्छु । हामी हाम्रा डाँडापाखामै विश्व अँटाउन सक्छौं ।

कुनै पनि देश वा व्यपारीले कुनै पहाडलाई भाडामा लिइसकेपछि त्यहाँ निर्माण कार्यहरु हुन्छन् । उक्त निर्माण कार्यमा हाम्रा युवाहरु खटिन्छन् । त्यही कामका लागि खाडी मुलुक जानुपर्ने बाध्यताको अन्त्य हुन्छ । हातमा पासपोर्ट लिएर कतार जान ठिक्क परेकाहरुले बिनापार्सपोर्ट नेपालमै कतार निर्माणमा काम पाउँछन् । साथै, निमार्ण तथा सञ्चालनका क्रममा विदेशी श्रमिक तथा प्राविधिकहरु उच्च मात्रमा नेपाल आउँछन् । जापानको डाँडो सिङ्गारिरहँदा जापानका इन्जिनियरहरु हामीकहाँ आउँछन् । कोरियाको डाँडा सिङ्गारी रहँदा त्यहाँका प्राविधिकहरु आउँछन् । जसले गर्दा उनीहरुको सीप तथा निमार्णका तौरतरिकाहरु नेपाली कामदारहरुमा हस्तान्तरण हुन्छ । उक्त सीप तथा तौरतरिका नेपालीहरु नेपालकै विकास निर्माणमा प्रयोग गर्न सक्छन् ।

‘नेपालभित्र विश्व’ अटाउने योजना सुन्दा वा पढ्दा केही महत्वकांक्षी लाग्न सक्छ, तर असम्भव छैन । मलाई लाग्छ, देशलाई समृद्धिको बाटोमा लम्क्याउने यो योजना कार्यन्वयनमा ल्याउने हो भने विकासको कोसेढुङ्गा सावित हुन्छ ।

ढुङ्गा–ढुङ्गामा देश
हामीकहाँ यस्ता ढुङ्गाहरु छन्, जसको सही पहिचान र सही प्रयोग गर्न सक्ने हो भने ढुङ्गै मात्र बेचेर पनि हामी समृद्ध हुन सक्छौँ । तर दुर्भाग्य, हामीले सालिग्रामबाहेकका कुनै पनि ढुङ्गा अहिलेसम्म चिन्न सकेनौं जब कि हामी हिँड्ने हरेक पाइलामा विशेष महत्व र विशेषतामा ढुङ्गाहरु किचिएका छन्।

अहिलेसम्म ढुङ्गाबाट हामीले बनाउन जानेको मूर्तिमात्रै हो, जब कि दैनिक प्रयोगका अन्य थुप्रै सामानहरु बनाउन सकिन्छ । प्रकृतिअनुसार उपलब्ध ढुङ्गाहरुको प्रयोगमार्फत हामी खाट, टेबल, भाँडाकुँडालगायत धेरै सामानहरु बनाउन सकिन्छ । तर हामी आफ्नो जमिनमा ढुङ्गा आयो भने पनि घचेडेर अर्कोको जमिनतिर पुर्याउनै लागिपरिरहेका छौं ।

हामी पानी राख्ने प्लास्टिक वा स्टिलमा भाँडाहरुको प्रयोग गर्छौं । पानी राख्ने भाँडो ढुङ्गाको बनाउन सकिन्छ । बोक्नै थोरै भारी होला, तर एक ठाउँमा धेरै मात्रामा पानी राख्नु पर्दा दह्रो र भरपर्दो मात्र हुँदैन पानीलाई चिसो र प्राकृतिक पनि रहन्छ ।

हामी गाईवस्तुलाई कुँडो खुवाउन डुँडको प्रयोग गर्छौं । अचेल, डुँड सिमेन्ट र बालुवाको प्रयोगबाट बनाइन्छ । त्यो डुँड ढुङ्गाको बनाउन सकिन्छ ।
हामीले बाथरुममा प्रयोग गर्ने कम्बोड, भान्साको प्रयोग गर्ने बेसिन, पिर्का र डाइनिङलगायत ढुङ्गाबाट बनाउन सकिन्छ । हामी फूल रोप्न गमलाको प्रयोग गर्छौं जुन माटोबाट बनाइन्छ । गमला ढुङ्गाबाट बन्न सक्छ । चुरोट पिउँछ, धुलो सिसाको एस्ट्रेमा टकटकाउँछौं । एस्ट्रे ढुङ्गाको हुनसक्छ ।

आयुर्वेद चिकित्साः
आज हामीले आयुर्वेदिक चिकित्सा बिर्सिसक्यौं । आयुर्वेदलाई छाडे त्यसैको आधारमा बनेका अनेकन किसिमका औषधिहरुको प्रयोग गरिरहेका छौं, जसले हाम्रो शरीरमा अनेकौं हानि पुर्याइरहेको हुन्छ । हामीलाई राम्रो सभ्यता र इतिहासको ज्ञान छैन । व्यावसायिक औषधि उत्पादन सुरु हुनुभन्दा पहिलेबाटै ऋषिमुनिहरुका रुपमा हामीकहाँ चिकित्सकहरु थिए । ऋषिमुनिहरुले चोट लागेको ठाउँमा झारपातको रस राखिदिएरै ठिक पारिदिन्थे, जसको कुनै साइडइफेक्ट हुँदैन थियो ।
विश्वलाई आयुर्वेदिक औषधि दिन सक्ने सम्भावना हामीमाझ अझै पनि जीवितै छ । कोभिडको समयमा मैले सुनेँ, हाम्रो राष्ट्रिय फूल लालीगुराँस कोभिडका बिरामीका लागि एक अचुक वनस्पति रहेछ । विश्व कोभिडले त्राहिमाम भइरहेको बेला हामीले यस कुराको रिसर्च गर्न सकेको भए विश्वका धेरै जीवनहरु बचाउन सक्थ्यौं ।

तुलसीको पात, जसले नकरात्मक उर्जालाई खतम गर्छ । तर तुलसीलाई हामीले विष्णु भगवान्को अवतार मान्यौं, र सिर्फ धर्ममा सीमित गरिदियौं । यदि तुलसीलाई हामीले जीवनसँग जोडेको भए यसको महत्व बेग्लै हुन्थ्यो । हामीलाई थाहा छ, तुलसीको पातमा इन्टीबायोटिक गुण हुन्छ । अहिले पनि ज्वरो आउँदा, घाँटी दुख्दा वा बस्दा, रुघाखोकी लाग्दा विभिन्न रुपमा हामी औषधिका रुपमा तुलसीको प्रयोग गर्छौं । हाम्रा ऋषिमुनिहरु अन्नमा दुई–चारवटा पातहरु राखिदिन्थे, किरा नलागोस् भनेर । तुलसीका पातहरु राखेको अन्नमा किरा वास्तमै लाग्दैन, जसको प्रयोग अहिले पनि तपाईं गर्न सक्नुहुन्छ ।

हाम्रो भान्सामा सधैं प्रयोग हुने, तर औषधीय प्रयोग बिर्सिएर तरकारीको रङका लागि मात्र प्रयोग भइरहेको अर्को औषधि हो बेसार । बेसार लगाएको खाना खानाले पाचन पक्रिया राम्रो हुन्छ । शरीर उत्पादन गर्ने बिकार (पित्त) हरुका समेत यसले नियन्त्रण गर्छ । हामी घाउँघटिरा हुँदा डिटोल साबुनको प्रयोग गर्छौं । डिटोलको ठाउमा बेसारको प्रयोग गर्ने हो भने नतिजा अब्बल पाउछौं, तर यो कुरा हामीलाई थाहै छैन । बेसारको प्रयोग हामी आदिकालदेखि दिनहुँ प्रयोग गर्दै आएका छौं, हामीले थाहा नपाएरै पनि यसले हाम्रो स्वास्थ्यलाई राम्रो गर्दै आइरहेको छ । र, त्यही बेसारलाई रामदेवजस्ता व्यक्तिले लेभलिङ, पोलिसिङ, फिनिसिङ र सेम्पलिङ गरेर विभिन्न रुपमा विश्वलाई बेचिरहेका छन् ।

हाम्रो घरघुरेनमा पाउने वनस्पति हो, निम । हामी महँगो दाम हालेर दाँतको सुरक्षाका लागि अचेत दन्तमञ्जन प्रयोग गर्न थालेका छौं । प्लाटिकको ब्रस किन्छौं, र केही मात्रामा धुलो मिसाएको मिटावटयुक्त मञ्जन प्रयोग गरी दाँतको सुरक्षा गरेकामा गर्व गर्छौं । तर, विगतलाई फर्किएर हेर्ने हो भने हाम्रा अग्रजहरु दाँग माझ्न सोझो निमको डाँठको प्रयोग गर्थे । ब्रस र मञ्चन दुवैको काम हुन्थ्यो । दाँतले निमको शक्ति प्राकृतिक रुपमै ग्रहण गर्न पाउँथ्यो । एक तरिकाले जसरी प्रयोग गरे पनि हामीले उही निमकै प्रयोग गरिरहेका छौं । तर, हामीले हाम्रो पद्धति, स्रोत साधन तथा सभ्यातामा विश्वास गरेनौं ।

हुँदाहुँदा, हामी दूध प्रतिलिटर सय रुपियाँ तिरेर खान खालेका छौं । तर गौमुत्र हाम्रा लागि बिरानो भइसक्यो । अझ भनौं, गौमुत्रपान गर्नुलाई हामीले हेयका दृष्टिले हेर्न थाल्यौं । वास्तविकतामा चाहिँ, त्यही गौमुत्र विदेशीले प्याकिङ गरेर हामीलाई प्रतिलिटर एक हजारसम्ममा बेचिरहेको छ । सयौं रोगहरु यस्ता छन्, जसमा आधुनिक चिकित्सा पद्धतिले पनि गौमुत्रको सेवन गर्ने सल्लाह दिन्छ । हामी आफैंले फालेको गाईको मुत्रमा विश्वास गर्दैनौं, हाम्रो सभ्यतामा विश्वास गर्दैनौं, र विदेशीले प्याकिङ गरेर पठाएको गौमुत्र किनेर सेवन गर्छौं ।

स्थानीय उत्पादनको ब्राण्डिङः
हाम्रो देशमा एक ग्लेन छ्याङ पाँच जना प्रहरी मिलेर पोख्छन्, र सामूहिक तस्बिर खिचाउँछन् । अनि समाचार आउँछ – प्रहरीले एक ग्लेन घरेलु मदिरा नष्ट गरेको छ । तर तिनै सिपाहीले सुरक्षा दिने डिपार्टमेन्टल स्टोरहरुमा चाइनबाट ‘छ्याङ’ आउँछ । अर्थात उही वस्तु, उही विषय, उही उत्पादनमा राज्यले ‘स्वदेशीलाई पोख्ने, विदेशीलाई बोक्ने’ नीति अबिलम्वन गरेको प्रस्ट देखिन्छ ।
हामीलाई आलुको भुजिया मन पर्न छाड्यो, फ्रेन्च फ्राइ र चिप्सहरु सबैभन्दा प्रिया बने । सबैलाई थाहा छ, माटोको भाडोमा राखेर पानी चिसो हुन्छ । तर हामीले घर–घरबाट माटोका भाँडा–गाग्रीहरु फाल्यौं, र फ्रिजलाई गृह प्रवेश गरायौं । अर्थात आफूसँग भएका उच्चकोटिका पद्धतिहरु हामीले छोड्दै गयौं, र विदेशीले उनीहरुको नाफासमेत जोडेर दिएका प्रशिक्षणहरु अङ्गाल्दै आयौं । मैले थाइल्याण्ड जाँदा देखेँ, एउटा सानो बाटामा खुट्टा राख्दा खेरी साना माछाहरुले खुट्टाको मसाज गर्दो रहेछ । मैले सोचें – नेपालमा बाटा पाइहाल्छ, माछा जति पनि छन् । तर नेपालमै चाहिं यस्तो किन हुँदैन ?

अर्को नेपालमा पाइने अधिक औषधीय गुण भएको वनस्पति हो गाँजा । हामीले प्रयोग गर्ने प्रत्येक औषधिमा गाँजा छ । अहिले गाजाबाट बनेका कपडाहरु जताततै पाइन्छ । तर त्यही गाँजा विदेशीको इसारामा हाम्रो देशमा प्रतिबन्धित छ । विदेशी ब्राण्डका अनेकन रक्सी तथा ब्राण्डीहरु खुलमखुल्ला बिक्छन्, तीमध्ये कतिपय गाँजाबाटै बनेको छन् । तर आफ्नै देशको डाँडाकाँडादेखि बञ्जर भीरपाखासमेत पाइने गाँजा भने प्रतिबन्धित छ । मलाई लाग्छ, यदि गाँजालाई व्यवसायिक उत्पादनसँग जोड्ने र सही व्यवस्थापन गर्ने हो भने नेपालका लागि बरदान सावित हुनेछ । यो यस्तो एक्लो बनस्पति हो जो एक्लैले यो देश समृद्ध बनाउन सक्छ ।

धार्मिक पर्यटनः
हाम्रो गायन्त्री मन्त्र शक्तिको केन्द्र रहेको कुरा विश्वले मानिसक्यो । तर गायन्त्री मन्त्रको उत्पत्ति भएको बराह क्षेत्र, चतराधाममा ५ जना पर्यटक आउँदा बस्ने ठाउँ छैन । यदि हामीले त्यहाँ हजारौं मान्छे एकपटक पुग्दा पनि बस्न मिल्ने, सस्तो र स्वाथ्य खाना खान मिल्ने, सहज रुपमा पुग्ने यातयात तथा बाटोको व्यवस्थापन गर्न सक्ने हो भने धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न सक्छ । पर्यटकको सङ्ख्या बढ्नु भनेको केवल सङ्ख्या गन्ती मात्र होइन । यसले होटल व्यवसायलाई विस्तारित बनाउँछ । स्थानीय उत्पादनले स्थानीय बजारमै राम्रो मूल्य पाउँछ । बाटोघाटो र सुविधाहरु पुग्थे, जसले गर्दा त्यहाँको जमिनले राम्रो मूल्य पाउँछ । पर्यटन व्यवसाय मौलाउनका साथै रोजगारी बढ्थ्यो । रोजगारी तथा व्यवसायले आम्दानी बढाउँथ्यो । आम्दनी बढेसँग शिक्षा, स्वास्थ्यलगायत त्यस ठाउँ र त्यहाँको नागरिकको सर्वाङ्गिण विकास हुन पुग्थ्यो ।

गायत्री मन्त्रको उत्पत्ति भएको ठाउँ, त्यहाँ गायत्री मन्त्र अध्ययन केन्द्र खोल्न सकिन्थ्यो । आउने धार्मिक पयर्टकका लागि निरन्तर सात दिनसम्मको अध्ययन सत्सङ राख्न सकिन्थ्यो । यो गरेको भए एकदिनका लागि आएका पर्यटकहरु पनि सात दिनसम्म बस्न बाध्य हुन्थे । विशेषतः भारतलगायत हिन्दू बाहुल्य मुलुकहरुबाट आउने भक्तजनहरुको भीड लाग्थ्यो । सिर्फ धार्मिक धाम नभएर बहरा क्षेत्र एक सनातन संस्कृत अध्ययन केन्द्र बन्न सक्थ्यो । तर हामीले त्यसो गरेनौं ।

हामीकहाँ धार्मिक पर्यटनलाई उचाइमा पुर्याउने जति पनि गन्तव्यहरु छन् । चताराधामको कुरा त गरिहाल्यो, त्यसका अलावा चताराबाट अलिक तल झर्दा रामधुनी छ । अझ तल झर्दा जनकपुर छ । जनकपुरमा परशुराम पोखरी छ जहाँ नुहायो भने पैतृक दोषहरु नष्ट भएर जाने विश्वास गरिन्छ । त्यसकै छेउमा बाउन्न बिघामा फैलिएको एउटै पोखरी छ जुन दौत्यले खनेको किवंदन्ती पाइन्छ । त्यहाँबाट अलिकति वर आउँदा मूर्तिया छ, जहाँ जति खन्यो त्यति मूर्ति निस्किन्छ । थोरै पश्चिम लाग्दा सिम्रनगढ । अझै पश्चिम लाग्दा नुन्थर पहाड, मकवानपुरको गढी, बाल्मिकी आश्रम, चितवनको माडी लगायत धार्मिक महत्वका स्थानहरु लस्करै छन् । माडीबाट अलिकतिमाथि भगवान् भरतको वासस्थान गलेश्वर महादेव । अझै माथि लाग्दा तातोपानी कुण्ड, मुक्तिनाथ छन् । तर यिनीहरुको महत्व हाम्रा नेतृत्वहरुले बुझेनन् ।

हिन्दु धर्मालम्बीहरुको सर्वोच्च तीर्थ पशुपतिनाथ हामीसँगै छ । लुम्बिनी, मनोसरोवर, स्वगद्वारी, गोसाइकुण्डलगायत धार्मिक पर्यटकका लागि उचित गन्तव्य हुने तीर्थहरु हामीसँगै छन् । यस्ता धार्मिक स्थलहरुलाई जोड्ने सर्किट बनाई राज्यले बस चलाउने र एकैखालको आश्रम बनाउने हो भने हामीकहाँ थामिनसक्नु धार्मिक पर्यटकहरु आउने थिए । तर हामीले यस्ता अनेकन सम्भावनामाथि काम गर्नै सकेनौं ।

धार्मिक पर्यटनसँगै हामी राजनीतिक पर्यटनलाई पनि जोड्न सक्छौं । गोर्खा, नुवाकोट, सिम्रनगढ, राजा जनकको दरबार जहाँ अट्बक्राको शाशास्त्र चल्थ्यो, विराज सम्राटको दरबार, किच्चकबद्धलगायत ठाउँलाई राजनीतिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । जस्तो, राजा जनकको दरबार क्षेत्रलाई उत्खनन् गर्दा त्यहाँ सामग्रीमात्र होइन, गणराज्यको अवधारणा पनि पाइन्छ । जतिबेला पश्चिमा मुलुकहरुमा मानिसले मानिसमाथि नै पशुवत् व्यवहार गर्थे त्यसबेला जनकको दबरबारमा गणराज्यको अवधारणामा शाशास्त्र हुन्थ्यो ।धनुषाधाममा रामले तोडेको धनुषको भाग अहिले पनि छ । रामेश्वरममा विश्वको मान्छे पुग्छन् जहाँ उही धनुषको एउटा भाग पुगेको थिए । अर्को भाग रहेको धनुषाधाम जनपुरकै मान्छे पनि पुग्दैन । यी कुराहरु हामीले विश्वलाई सुनाउने पर्ने थियो, तर देशलाई पनि सुनाउन सकेनौं ।

धनुषाधाममा रामले तोडेको धनुषको भाग अहिले पनि छ । रामेश्वरममा विश्वको मान्छे पुग्छन् जहाँ उही धनुषको एउटा भाग पुगेको थिए । अर्को भाग रहेको धनुषाधाम जनपुरकै मान्छे पनि पुग्दैन । यी कुराहरु हामीले विश्वलाई सुनाउने पर्ने थियो, तर देशलाई पनि सुनाउन सकेनौं ।

आज देशले इन्धनबापत खरबौं पैसा देशबाहिर पठाइरहेको छ । हाम्रा हिउँचुलीबाट बागेका पानी सित्तैमा देशबाहिर गइरहेको छ । यदि राम्रो व्यवस्थान गर्न सकेको भए दुवई, साउदी अरबलगायत जुन मुलुकले पेट्रोल, डिजेल, हवाई इनधन उत्पादन गर्छ तिनीहरुलाई हामी पानी बेच्न सक्थ्यौं । अग्रिमेन्टै गरेर भन्न सक्थ्यो – ‘तपाईंको इनधन हामीलाई दिनु, हामीकहाँ पानी छ तपाईँलाई दिन्छौं’ । हामीकहाँ पानी खेर गइरहेको छ पेट्रोल छैन । उनीहरुकहाँ पेट्रोल बिकिरहेको छैन, पानी किनेर खानु परिरहेको छ । दुवै देशको स्वार्थ र आवश्कता मिल्थ्यो, र दुबै देशलाई फाइदै हुन्थ्यो । ती मुलकहरुमा पसिना बगाइरहेका हाम्रा युवाहरुले गर्वका साथ भन्न पाउँथे – हाम्रो देशको पानी खाइरहेका छौ । गर्न सकेको भए जुन गाडीमा पेट्रोल आउँथ्यो, त्यही गाडीमा पानी जान्थ्यो । र हामी पानी बेचेरै हरेक वर्षमै खरबौं रुपियाँ जोगाउँथ्यौं ।

समग्रतामा हेर्दा, हामीसँग पानी, ढुङ्गा, माटो, डाँडाकाँडा, वनजङ्गल, उब्जाउ भूमि मधेश, सबै सबै छ । तर देशलाई केन्द्रमा राखेर उपार्जन कहाँबाट हुन्छ भन्ने कुरामा प्रयास र अभ्यास हामीकहाँ प्रारम्भदेखि नै भएन । बरु ‘फलानो कम्पनीले १० अरब कर तिर्नु छ, त्योसँग तीन अर्ब लिएर पार्टी–पार्टीँ बाडौं र त्यसलाई कर तिर्न नपर्ने वातावरण बनाइदिउँ’ भन्ने कुरा सत्तापक्ष र प्रतिपक्ष दुवै एकमत भए ।

मेरो जानकारीअनुसार, एनसेलले करबापत तिर्नु पर्ने पैसामध्ये आठ अर्ब रुपियाँ गत चुनाव (वि.स. २०७४) मा नेपालका दलहरुलाई दिएको थियो । सत्तापक्ष र प्रतिपक्षले सेयरका आधारमा पैसा खाए, र चुनावमा गए । त्यसैले, सम्बन्धित पार्टीकै युवा कार्यकर्ताले जुलुस लगाउँदा पनि सम्बन्धित निकायले कर तिर्नु परेन । अदालतले पत्र काट्दा पनि कर तिर्नु परेन ।

प्रहरी प्रशासनसमेत सम्बन्धित व्यक्तिलाई समात्न जान सकेन । जब कि सञ्चार मन्त्रालयका मातहतमा रहेको दूरसञ्चारको एउटा निर्णयले नै एनसेल धरासायी हुन्छ । चौबीस घण्टाभित्र पैसा तिर्न बाध्य हुन्छ । यो देशमा सयौंको सङ्ख्यामा एनसेलजस्ता निकायहरु छन्, जसले कर तिर्दैनन् तर वर्षेनी रिन्यु भइरहेका छन् । कसरी ? हाम्रा दलहरु नै चोर छन् । नेताहरु देशका विरुद्धमा सक्रिय छन् ।

यो विचार यस कर्पोरेट बजार डटकमको कम्पनि समग्र मिडिया  प्रा. लि. को  नौ वार्षिक स्मारिका २०८०  मा प्रकाशन भएको हो।


बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

वि.सं.२०८० फागुन ९ बुधवार १५:१०

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०१

आर्थिक कोणबाट हेर्दा विस्तारै महासंकट निम्तने हो कि भन्ने भयावह...

देश विकासको भिजन: पूर्व अर्थमन्त्री पाण्डे

देश विकासको भिजन: पूर्व अर्थमन्त्री पाण्डे

वि.सं.२०८० फागुन ५ शनिवार २१:४९

सामान्य समाज विकासको अध्यायमा कृषि युगपछि उद्योगधन्दा, बन्द व्यापार र...

पालिका संख्या मर्जरमा जानु आवश्यक : बालानन्द पौडेल

पालिका संख्या मर्जरमा जानु आवश्यक : बालानन्द पौडेल

वि.सं.२०८० फागुन ५ शनिवार २१:२५

नेपाललाई विकासको हिसाबले अगाडि बढाउने क्रममा पञ्चायतदेखि नै गाउँ पञ्चायतको...

हामी प्रतिपक्षीमात्रै होइनौँ…

हामी प्रतिपक्षीमात्रै होइनौँ…

वि.सं.२०८० फागुन ४ शुक्रवार १४:३१

सर्वप्रथम त, इकोनामिक मिडिया एसोसिएसन नेपाल (इमान)ले पहिलो वर्ष पूरा...