back

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

एनआईसी एशिया बैंकको बनेपा शाखाबाट तत्कालीन शाखा प्रबन्धक र पूर्वकर्मीको मिलेमतोमा ‘गोठालो’ फर्मको नाममा करोडौँ रुपैयाँ ऋण अपचलन भएको खुलासा भएको छ।

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा शाखाबाट सञ्चालित एक संगठित कर्जा अपचलन प्रकरण सार्वजनिक भएपछि देशकै अग्रणी भनिने बैंकप्रति आम सर्वसाधारणको विश्वास गम्भीर संकटमा परेको छ। बनेपा शाखाका तत्कालीन शाखा प्रबन्धक संगम अधिकारी र विनोद प्रसाद घिमिरेको मिलेमतोमा ‘गोठालो फर्म’को नाममा करोडौँ रुपैयाँ ऋण अपचलन भएको खुलासा भएको छ।

यो प्रकरणमा काभ्रेपलान्चोकका एक सामान्य किसान सन्तोष लामा ठगिन पुगेका छन्, जसको नाममा रहेको ९ रोपनी ९ आना जग्गा प्रयोग गरी सोझै बैंकबाट करोडौँको ऋण लिइएको थियो। उक्त जग्गा लामाकी श्रीमती उमा श्रेष्ठको नाममा थियो।

बैंकिङ प्रक्रियालाई धज्जी उडाउँदै घिमिरेले गोठालो फर्मको नाममा सो जग्गा पास गराउन प्रयास गरे । तर, कानुनी रूपले बिना रकमको लेनदेन जग्गा नामसारी सम्भव नहुने भएपछि उनले कुमारी बैंकको ६०/६० लाखको दुईवटा चेक उमा श्रेष्ठको नाममा दिएर पास गराएका थिए। तर ती चेक बाउन्स हुन्छन्। त्यही बाउन्स चेककै भरमा जग्गा एनआईसी एशिया बैंकमा धितो राखी १ करोड ५० लाख रुपैयाँ कर्जा निकालिएको स्राेतकाे दाबी छ ।

धितो मूल्यांकन गर्दा पनि बैंकको आन्तरिक नियमको उल्लंघन गर्दै बजार मूल्यभन्दा अत्यधिक मूल्य कायम गरिएकाे थियो। मूल्यांकन प्रतिवेदनमा उक्त जग्गाको मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकिएको देखिए पनि, १ करोड ५० लाख रुपैयाँ ऋण निकासा गरिएको छ। अझ गम्भीर कुरा त के भने, लिएको ऋण न त भुक्तान गरियो, न नियमअनुसार सो रकम प्रयोजनअनुसार खर्च गरिएको प्रमाण भेटियो।

घिमिरेले कर्जाबाट प्राप्त रकम निजी प्रयोगमा खर्च गरिसकेपछि लामाको परिवार समस्यामा पर्‍यो। न बैंकले सहुलियत देखायो, न प्रहरी प्रशासनले। घिमिरे सम्पर्कविहीन भएका बेला लामालाई दिनहुँ बैंक धाउनुपर्ने अवस्था आयो। पछि घिमिरेले साथीमार्फत ४२ लाख रुपैयाँ लामाको खातामा जम्मा गरिदिए भने, १८ लाख रुपैयाँ नगद र चेकमार्फत भुक्तान गरे। तर, बाँकी रहेको ६० लाख रुपैयाँ अझै नदिएको लामाको गुनासो छ।

यो सम्पूर्ण प्रक्रिया बैंकका कर्मचारीकै मिलेमतोमा भएको देखिन्छ। शाखा प्रबन्धक अधिकारीले घिमिरेको पक्षमा काम गरेर बैंकबाट रकम निकासा गरिदिएको पुष्टि भएको छ। घिमिरे एनआईसी एशियाका पूर्व कर्मचारी हुन् र बैंकसँग लामो समयको सम्बन्ध रहेको पृष्ठभूमिमा उनीमाथि आवश्यक छानबिनको अभाव देखिएको छ।

लामाले पछि कुमारी बैंकमा चेक बाउन्सको आधारमा घिमिरेविरुद्ध बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरे। त्यसपछि घिमिरे पक्राउ परे। तर प्रहरीले समेत लामामाथि दबाब दिँदै ‘कालोसूची हटाइदिए पैसा फिर्ता हुन्छ’ भन्ने प्रलोभन दिएको लामा बताउँछन्। लामाले आश्वासनका आधारमा कालोसूची हटाउन निवेदन दिए, जसको आधारमा घिमिरे थुनामुक्त भए।

तर थुनामुक्त भएपछिको व्यवहार झनै गम्भीर बन्यो। घिमिरेले पैसा तिरिसकेको भन्दै अदालतमा झुटो बयान दिए। सोही बयानको आधारमा काभ्रे जिल्ला अदालतले कुमारी बैंकलाई चेक फिर्ता भएको हो वा होइन भन्ने पुष्टि गर्न पत्र लेख्यो। बैंकको जवाफमा भने उक्त चेक भुक्तानी नभएको उल्लेख भएपछि अदालतले लामाको पक्षमा फैसला गर्‍यो।

फैसला लामाको पक्षमा आउँदा पनि उनको आर्थिक अवस्था सुधारिएको छैन। जग्गा त लिलामीमा छ, तर उक्त जग्गाको मूल्याङ्कन अधिक भएको र बजार मूल्यभन्दा अत्यधिक ऋण दिइएको कारण लिलामीमा खरिद गर्नसमेत कठिनाइ भएको छ। लिलामीमा भाग लिन उनीसँग पर्याप्त रकम छैन भने बैंकले पुनः कर्जा दिन मानेको छैन। बैंकले नै ऋण दिएको, मुद्दा जित्दा पनि आफूलाई नै जग्गा फिर्ता नपाउनु अन्याय भएको लामा बताउँछन्।

एनआईसी एशिया बैंकभित्र यस्ता प्रकरण नयाँ होइनन्। यो केस भने उदाहरणीय बनेको छ किनभने यसमा बैंककै शाखा प्रबन्धक, पूर्वकर्मी र मूल्यांकन अधिकृतको संलग्नता छ। अझ गम्भीर पक्ष के भने, यो सम्पूर्ण अपचलनका बीचमा बैंक व्यवस्थापन मौन छ। शाखा प्रबन्धक अधिकारीलाई कारबाही नगरी केवल धादिङ सरुवा गरिएको छ। स्रोतका अनुसार बैंकका सीईओ रोशन कुमार न्यौपानेले उनलाई संरक्षण गर्दै आएका छन्।

बैंकिङ क्षेत्रको विश्वसनीयता शाखमा आधारित हुन्छ। तर जब बैंकभित्रै बसेर कर्मचारीहरूले आपराधिक मिलेमतो गर्छन्, बैंक व्यवस्थापन मौन बस्छ र पीडितलाई थप थिचोमिचोमा पारिन्छ, त्यस्तो बैंकमाथि जनताको विश्वास कसरी रहन सक्छ? लामाजस्ता हजारौँ ग्राहक यस किसिमको अपारदर्शिता र अपचलनको सिकार बन्ने हो भने, वित्तीय प्रणाली नै गम्भीर संकटमा पर्ने निश्चित छ।

nactional life
Corporatebazar 11 Anniversary

नीतिगत लचिलोपनको प्रभाव: चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूको सेयर धितो कर्जा ३४.५५ प्रतिशतले वृद्धि, कुल लगानी १ खर्ब ३६ अर्ब नाघ्यो

नीतिगत लचिलोपनको प्रभाव: चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूको सेयर धितो कर्जा ३४.५५ प्रतिशतले वृद्धि, कुल लगानी १ खर्ब ३६ अर्ब नाघ्यो

वि.सं.२०८३ जेठ ३ आइतवार १७:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन प्रकृतिको...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

वि.सं.२०८३ जेठ ३ आइतवार १७:१९

काठमाडौँ। नबिल बैंक लिमिटेड (NABIL)ले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

वि.सं.२०८३ जेठ २ शनिवार १८:४३

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति...

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१२

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको...

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:०१

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा एउटा यस्तो घटना विकास भएको...