back

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ घरेलु उपकरण श्रृंखला ‘इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।

‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियान अन्तर्गत ल्याइएको यो नयाँ श्रृंखलामा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यको सन्तुलन मिलाइएको छ। नेपाली परिवारको दैनिक आवश्यकता र स्थानीय परिस्थितिलाई प्राथमिकतामा राखेर डिजाइन गरिएका यी उपकरणहरूले जीवनशैलीलाई थप सहज र गुणस्तरीय बनाउने कम्पनीको विश्वास छ।

श्रृंखलाका मुख्य विशेषताहरूः

रेफ्रिजेरेटरः यसमा रहेको फ्रस्ट–फ्री प्रविधिले म्यानुअल डिफ्रोस्टिङको झन्झट हटाउँछ। ‘स्मार्ट मोड’ को सुविधाले मौसमअनुसार चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता यसको मुख्य आकर्षण हो।

वाशिङ मेसिनः नेपालको वातावरणीय अवस्था सुहाउँदो यस ‘इसेन्सियल सिरिज’ फुल्ली अटोमेटिक टप–लोड वाशिङ मेसिनमा ‘प्रोशिल्ड मोटर’, ‘बीएमसी कभर’ र आईपीएक्स४ प्रमाणित वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधाहरू छन्। यसमा रहेको ‘लो–प्रेसर फिल टेक्नोलोजी’ ले कम पानीको चापमा पनि उत्कृष्ट धुलाई सुनिश्चित गर्छ।

एयर कन्डिसनर : ऊर्जा–दक्ष प्रविधियुक्त यो एलजी एयर कन्डिसनरले प्रभावकारी कुलिङ र हिटिङ सुविधा प्रदान गर्छ। परम्परागत नन–इन्भर्टर एसीभन्दा कम बिजुली खपत गर्ने यसमा वातावरणमैत्री ‘आर३२’ रेफ्रिजेरान्टको प्रयोग गरिएको छ।

उपकरण सार्वजनिक कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको चार दशक लामो सहकार्यले नेपाली उपभोक्तामा विश्वास जगाएको बताउँदै, यो नयाँ श्रृंखलाले बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। त्यसैगरी, एलजी इलेक्ट्रोनिक्स सिंगापुरका होम एप्लायन्स सोलुसन प्रोडक्ट डाइरेक्टर पाइहो हानले नेपाली उपभोक्ताबाट प्राप्त सुझाव र आवश्यकतालाई आधार मानेर यो श्रृंखला विकास गरिएको जानकारी दिए।

एलजी इसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुनेछ। यी उत्पादनहरूको प्रारम्भिक मूल्य करिब ४९,६९० रुपैयाँबाट सुरु हुनेछ। ग्राहकहरूले देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टी–ब्रान्ड रिटेल आउटलेट र प्रमुख ई–कमर्स प्लेटफर्महरूबाट यी उत्पादनहरू खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार उल्लेखित मूल्य सूचक मात्र भएकाले परिवर्तन हुन सक्नेछन्। मूल्यमा जडान, कर तथा अन्य सेवा शुल्कहरू समावेश नभएको हुन सक्छ। थप प्राविधिक विवरणहरूका लागि आधिकारिक शोरुममा सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०९

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...