back
nactional

पुँजीबजारको भविष्य सुरक्षित गर्न दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश

पार्टीले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियान एकदमै राम्रो छ ।”

काठमाडौँ । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्। आज (शनिबार)  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रवालसहित शेयर बजारका लगानी कर्ताहरुलाई एमालेमा प्रवेश गराएका हुन् ।

एमाले अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अग्रवालसहित सयौंको संख्यामा एकसाथ पार्टी प्रवेश गरेका हुन् । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको बताए । आज एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा लगाएर पार्टी प्रवेश गर्दै यस्तो बताएका हुन्।

“हुन त यहाँ अरु धेरै पार्टीहरु छन् । तर किन एमाले रोजेभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छवि, देश र जनताको पक्षमा निरन्तर लागिरहने साहसी र निडर व्यक्तित्वका कारण यो पार्टी छाने” उनले थपे , “मुलुक नाकाबन्दीको अवस्थाबाट गुज्रिरहँदा उहाँले लिएको अडान विश्व इतिहासमा उदारणीय छ, त्यो कदमको जति प्रसंशा गरे पनि कम हुन्छ । यो पार्टीले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियान एकदमै राम्रो छ ।”

नेपालको मिचिएको भूमि नेपालमै गाभेर चुच्चे नक्सामा समेटेको, भूकम्पले थलापरेको संरचनालाई पुनःनिर्माण गरेको, राष्ट्रिय महत्वका आयोजना निर्माण र सम्पन्न गर्न चासो देखाएको, देशभर सडक सञ्जाल विस्तार गरेको, नेपाल र नेपालीको पहिचान गुम्न नदिन लिएको अडान र साहसिक निर्णय एकदम राम्रो भएको बताए ।

“मैले बजारलाई केवल पैसा कमाउने ठाउँ मात्र मानेको छैन । यसलाई साना लगानीकर्ताको आशा, युवाको भविष्य, र देशको आर्थिक मेरुदण्ड मानेको छु।”

“आज म यहाँ नेपाली सेयर बजारका ७२ लाख लगानीकर्ताको पीडा, संघर्ष, सपना र भविष्य बोकेर उभिएको छु । एक साधारण व्यापारी परिवारबाट उठेर, असाधारण परिस्थितिसँग लड्दै, नेपाली सेयर बजारलाई आफ्नो जीवन बनाएको एक साधारण लगानीकर्ता हुँ” अग्रवालले भने , “मैले बजारलाई केवल पैसा कमाउने ठाउँ मात्र मानेको छैन । यसलाई साना लगानीकर्ताको आशा, युवाको भविष्य, र देशको आर्थिक मेरुदण्ड मानेको छु।”

नेकपा एमालेको सरकार हुँदा लगानिकर्ता उच्च मनोबलले लगानी गर्न तयार रहेको चर्चा गर्दै उनले भने , “सबैको भरोसा कमाएको दल हो एमाले । आगामी निर्वाचनमा हामी ७२ लाख लगानिकर्ता एकसाथ उभिन्छौं, उभिने छौं ।”

पार्टी प्रवेश कुनै स्वार्थले प्रेरित नभएको प्रस्ट पार्दै उनले यसलाई समयको आवश्यकताको रुपमा बुझ्न आग्रह गरे । “म र मसँगै सयौं लगानीकर्ता कुनै पदका लागि पार्टी प्रवेश गरेका होइनौं, कुनै फाइदाका लागि होइन, पुँजीबजारको भविष्य सुरक्षित गर्न एमालेमा प्रवेश गरेका हौं । यो आर्थिक सुधारको अभियान हो”।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...