back
skip this Samagra

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा राख्दै आएको नेपाल राष्ट्र बैंकले भारी मात्रामा ब्याजदर कटौति गरेको छ ।

आज ( शुक्रबार) केन्द्रिय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरमा १ प्रतिशत विन्दुले कटौति गरेको हो ।

बजारमा अन्तरबैंक ब्याजदर एवम् अल्पकालिन ट्रेजरी बिल्सको बट्टादर १ प्रतिशत हाराहारीमा झरेपछि केन्द्रिय बैंक आफ्नो ब्याजदरको नीतिबाट पछाडी फर्किन बाध्य भएको हो ।

बजारमा अधिक तरलता बढ्दै गएको अवस्था छ । राष्ट्र बैंकले १ प्रतिशत ब्याज दिने गरी निक्षेप संकलन गर्नुपर्ने अवस्था आएको छ ।

यस घटनाले केन्द्रिय बैंकको ब्याजदर करिडोर नीति नै असफल भएको देखाएको थियो । फलस्वरुप राष्ट्र बैंकले ब्याजदर करीडोरलाई पहिलेभन्दा फराकिलो बनाउँदै नीतित दर १ प्रतिशत विन्दु घटाएको हो ।

‘विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी’ यस प्रकारको निर्णय लिएको प्रष्टोक्ति केन्द्रिय बैंकले दिएको छ ।

हाल ७.५ प्रतिशत रहेको बैंक दर अव ५० आधार विन्दु (०.५ प्रतिशत विन्दु) घटाएर ७ प्रतिशत बनाइएको छ । यो ब्याजदर बैंकहरुले एक रातका लागि तरलता व्यवस्थापन गर्नुपर्दा जुनसुकै बेला पैसा निकाल्न सक्ने ‘स्थायी तरलता सुविधा’का निम्ति लागू हुने छ ।

नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत बनाइएको छ । यो दर भने राष्ट्र बैंकले रिपोमार्फत् बैंकहरुलाई तरलता अर्थात् थप नगद प्रवाह गर्नुपर्दा लागू हुन्छ ।

बैंकहरुमा भएको अधिक तरलतालाई राष्ट्र बैंकले खिँच्नुपर्दा केन्द्रिय बैंकले बाणिज्य बैंकहरुलाई दिने ब्याजदर भने डेढ प्रतिशत विन्दुले घटाइएको छ ।

निक्षेप संकलन बोलकबोल दर भनिने यस प्रकारको दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशतमा झारिएको छ । यसैलाई ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् ‘फ्लोर’ भनिन्छ । अव बैंकहरुले साढे ५ प्रतिशतमा राष्ट्र बैंकबाट तरलता प्राप्त गर्न सक्ने अवस्था बनेको छ । यसले निक्षेपको ब्याजदर थप घटाउन मद्दत मिल्ने छ । त्यसको स्वतः असर कर्जाको ब्याजदर घटाउनमा पनि पर्ने छ ।

निजी क्षेत्रमा कर्जाको माग बढ्न नसकेपछि राष्ट्र बैंकले यस प्रकारको नीति लिएको हो । तर बैंकहरुलाई लगानीयोग्य पूँजी सिर्जनामा तलमाथि पार्ने तरलता सीमाहरु भने यस पल्ट नबदलिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

‘अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ’, समीक्षामा भनिएको छ ।


३७ वर्षे यात्रामा नेशनल लाइफ: गुणस्तरीय बीमा सेवा, आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता

३७ वर्षे यात्रामा नेशनल लाइफ: गुणस्तरीय बीमा सेवा, आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता

वि.सं.२०८० फागुन १० बिहीवार १२:५९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६ वर्षको लामो इतिहास...

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

वि.सं.२०८० फागुन ९ बुधवार १५:१०

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा...

एनआईशी एशियातर्फ संकेत गर्दै राष्ट्र बैंकले भन्यो- बैंक सवल छ, ढुक्कसँग कारोबार गर्नु

एनआईशी एशियातर्फ संकेत गर्दै राष्ट्र बैंकले भन्यो- बैंक सवल छ, ढुक्कसँग कारोबार गर्नु

वि.सं.२०८० फागुन ८ मंगलवार १८:५७

काठमाडौं । एनआईशी एशिया बैंकको बारेमा विभिन्न हल्ला फैलिरहेका बेला...

कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

वि.सं.२०८० फागुन ८ मंगलवार १४:४३

काठमाडौं । कृषि विकास बैंकले आगामी फागुन ३० गते वार्षिक...

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०१

आर्थिक कोणबाट हेर्दा विस्तारै महासंकट निम्तने हो कि भन्ने भयावह...

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

वि.सं.२०८० फागुन ६ आइतवार १२:४२

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण...