back

एमालेमा अग्रवालको मिलनले शेयर बजारमा उत्साह र उछाल

काठमाडौं  । आइतबार शेयर बजार अप्रत्याशित बढेको छ। बजार परिसुचक नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेर रोकिएको छ ।

आजको बृद्धिलाई धेरैले नेपाली शेयर बजारका बादशाह मानिएका दिपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गर्नुसँग दाँजेर हेरेका छन् ।

शेयर लगानीकर्ता अग्रवाल शनिवार जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । अग्रवाल सहित धेरै शेयर लगानीकर्ताहरु शनिवार एमाले अध्यक्ष केपि शर्मा ओलीको हातबाट टिका माला लगाउँदै पार्टी प्रवेश गरेका थिए ।

गत साताको अन्तिम कारोबार दिन सामान्य ९.२३ अंकले बढेको बजार आज अप्रत्याशित बढनुमा दिपेन्द्र अग्रवालको एमाले प्रवेश भएको धेरैको अनुमान छ । शेयर बजारलाई हलचल ल्याउने सामथ्र्य राख्ने ठुला मध्येका लगानीकर्ता अग्रवाल एमाले प्रवेश गरेको भोलीपल्टै बजारले ५८ अंकको भारी बृद्धिदर हासिल गरेको हो ।

शेयर बजारको आजको बृद्धिले लगानीकर्तामा ठुलो आत्मविश्वास र उत्साह थपेको छ ।

आजको बजारको बृद्धिलाई धेरैले राजनीतिक कारण मात्रै मानेका छैनन् । किनकी निर्वाचनको सुनिश्चितता गत साताको बिहिबारको (माघ ८ गते ) कारोबार दिन अघि नै भइसकेको थियो । तर पनि बिहिबारकोे बजार परिसुचक ९ अंकको बृद्धिदरमा सिमित थियो । आज आइतबार ५८ अंकको बृद्धिदर बजारले बनाएपछि लगानीकर्ताहरुमा उमंग छाएको छ ।

आज ३३१ कम्पनिका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज एसवाई प्यानल, श्रीनगर एग्रोम नेपाल माइक्रो इन्सुरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, माबीलुंग इनर्जी, रिलायन्स फाइनान्स र अन्खु खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको । त्यस्तै एभरेष्ट बैंकको डिभेन्चरको सबै भन्दा बढी ५.८० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ५९ लाख कारोबार भएको छ भने ग्रीन भेन्चरको ३९ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

जे होस् बजारमा ठुला लगानीकर्ताहरुको प्रवेश, चहलपहल र खरिद विक्रिको चाप बढनु सम्रग शेयर लगानीकर्ताकै लागि सुखद कुरा हो । त्यसमाथी दिपेन्द्र अग्रवाल जस्तो नशा नशामा शेयर बजार भएका लगानीकर्ता नेकपा एमाले जस्तो पुरानो, जिम्मेवार र संस्थागत पार्टीमा प्रवेश गर्नु झन् सुखद कुरा हो । एकजना जुझारु युवा शेयर लगानीकर्ता एमाले जस्तो जिम्मेवार पार्टीमा प्रवेश गर्दा उनले अर्थतन्त्र तथा सेयर बजारमा टेवा पुग्ने अडकल चाँही गर्न सकिन्छ।

शेयर बजारको वृदिमा उनले जिम्मेवार ढंगले अघि बढेछन् भने अरु साना लगानीकर्ताहरुलाई समेत फाइदा पुग्नेछ । र बजारको गलत ट्रेन्ड र त्रास कम भइ मनोवैज्ञानिक रुपमा नयाँ लगानीकर्ताहरु हौसिने छन् । बजारले आजकै लय समातेर निरन्तर अघि बढ्ने छ । खासगरी आजको बृद्धि दिपेन्द्रकै राजनीति रुपान्तरणले हुनसक्छ । नेकपा एमालेमा प्रवेश गरेर दिपेन्द्र अग्रवाल बजार प्रति सकारात्मक हुदैछन् भन्ने संकेत आजको बजारको बृद्धिले गरेको पो हो कि !

nactional life
Corporatebazar 11 Anniversary

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:३३

काठमाडौँ । धितोपत्र बजारमा लगातारको उतारचढावबीच साताको तेस्रो कारोबार दिन...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०६

काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार ठूलो...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...