back

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीमा राजन लम्सालले मनोनयन दर्ता गरेका छन् ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन एवं लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनका एरिया लिडरसमेत रहेका लम्सालले आगामी जेठ २४ गते प्रज्ञा भवन, कमलादी, काठमाडौँमा हुने लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको तेस्रो मल्टिपल कन्भेन्सनमा अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीको लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

बुधवार होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित एक कार्यक्रमका बीच लम्सालले तेस्रो मल्टिपल कन्भेन्सन मनोनयन समितिका चेयरपर्सन पूर्व डिष्ट्रिक्ट गर्भनर नवराज न्यौपानेलाई आफ्‌नो मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ मा हुने लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा चुनिने छन् ।

लम्साल सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको सदस्य भई लायन्सवादमा आबद्ध  भएका हुन् ।  २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिएका लम्सालले सन् २०१०–११ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर बनेका थिए । डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यस समयमा विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम गर्न सफल भएका थिए ।

उनी सन् २०११– १२ मा मल्टिपल काउन्सिल चेयर पर्सन हुँदा रि-डिष्ट्रिङ्गको प्रपोजल तयार पारी  पारित समेत गराएका थिए । उनी सन् २०१२–१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सन, सन् २०१४–१७, २०१७–१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को–अर्डिनेटर, सन् २०१७–१९ स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, सन् २०१९–२२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को–अर्डिनेटर हुँदै लायन वर्ष २०२२–२३, २०२३–२४ र २०२४–२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तरता क्रियाशील भई नेतृत्व गरी रहेका छन् ।

लायन्स अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्न भूमिका कुशलतापूर्वक बहन गरिसकेका लम्सालले थुप्रै आर एल एल आई को–अर्डिनेटर साथै लायन्स अन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई र एलसीएफआईको लोकल को–अर्डिनेटरको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

सन् २०१०–११ मा गभर्नर हुँदा डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौँदेखि महेन्द्रनगर, नेपालगञ्ज र वीरगञ्जसम्म बिस्तार गरेका थिए । लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकृत गर्ने कार्यमा उनको ठूलो योगदान रहेको छ । आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान शुरु गरी निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरेका लम्सालले आफूले लिएको जिम्मेवारी सफलताको साथ सम्पन्न गर्दै आएका छन्।

मनोनयन पत्र हस्तान्तरण पश्चात बोल्दै लम्सालले भने, ‘नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ,’ आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउन अभियानमा रहने बताउदै लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने-तपाईंहरू सबैको प्रेरणा, उत्साह र निरन्तर साथले लायन्स अन्तर्राष्ट्रियका लागि आज अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शी पदको मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराएको छु, लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा तपाईहरुको अमूल्य मत, समर्थन र साथको अपिल गर्दै विश्वास र साथले मलाई यो यात्रामा थप सफल र प्रेरित बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।


नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

वि.सं.२०८२ जेठ ३ शनिवार २०:२६

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट...

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

वि.सं.२०८२ जेठ २ शुक्रवार १५:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र...

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:३३

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश...

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

वि.सं.२०८२ वैशाख २५ बिहीवार १७:४१

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार...

कोषलाई बलियो बनाएको दाबी गर्दै फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी घोषणा

कोषलाई बलियो बनाएको दाबी गर्दै फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी घोषणा

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:२४

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को आगामी...