back
Naima

के हो बाँझोपन ? यसरी गर्न सकिन्छ उपचार !

काठमाडौँ । बाँझोपनलाई हाम्रो समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गर्न खोजिन्छ। महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ।

बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणासमेत विद्यमान छ। यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन्। जबकि बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ। बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहन्छ।

हिजोआज समाजमा बाँझोपनको समस्या दिन प्रतिदिन बढ्ने क्रममा देखिन्छ। के हो बाँझोपन ? यो कसरी हुन्छ ? यसको समाधान के हो ? यसबारे सामान्य जानकारी लिउँ।

विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्निन्छ। लगभग ८५ प्रतिशत दम्पतिमा विवाहको पहिलो वर्षमै कोसिस गरेमा बच्चा हुने सफलता हुन्छ भने यसमध्ये ७ प्रतिशत दम्पतिमा विवाहको दोस्रो वर्षमा बच्चा हुने समभावाना हुन्छ। बाँकी १५ प्रतिशत लाई बाँझोपनमा राख्न सकिन्छ।

बाँझोपनका कारण

– महिलाको महिनावारी गडबड हुनु स् महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ। कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ। यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम।

– डिम्बवाहिनी नली बन्द हुनु:जसमा क्षयरोग एउटा मुख्य कारक हो। यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ।

– पाठेघरको संक्रमण: यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहिया जस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेकसन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ।

– पाठेघरको ट्युमर्स : पोलिप र फाइब्रोइद जस्ता ट्युमरले बच्चा बस्न दिँदैन अनि बाँझोपन हुन जान्छ।

– महिलाको बढ्दो उमेर: ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ।

– जन्मजात पाठेघरको विकास नहुनु

– गर्भपतन: पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ।

– पुरुषको वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया)।

– पुरुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा।

– पुरुषको गुप्ताङ्गको विकास राम्रोसँग नभएमा।

अन्य (जीवन शैली)
अत्याधिक मात्रामा धूम्रपान तथा मदिरा सेवन, जसको कारण पुरुषमा शुक्रकिटको मात्रा कम हुने हुन्छ भने महिलामा पनि यसले गर्भ नरहनुमा उत्तिकै भूमिका खेल्छ। मोटोपन, खानपानको कमी, जंक फुडको बढी प्रयोग आदि। मानसिक तनावले गर्दा पनि बाँझोपन हुन्छ किनभने मस्तिष्क तथा पाठेघर एक–अर्काप्रति निर्भर हुन्छन्।

बाँझोपनमा गरिने जाँच
– हिस्ट्री (श्रीमान् र श्रीमती): हिस्ट्रीबाट पनि केही मात्रामा कसमा र के–कस्तो कारणले गर्दा बाँझोपन भएकोे छ भनेर पत्ता लगाउन सकिन्छ।

– टिभिएसःयस प्रविधिबाट पाठेघरको ट्युमरहरू जस्तैः फाइब्रोइद र पोलिप, डिम्बासयका ट्युमरहरू पत्ता लगाई बाँझोपनको कारण थाहा पाउन सकिन्छ।

– रगत परीक्षण: यसमा विशेषगरी हर्मोनको जाँच गरिन्छ, जस्तै: टिएसएच, एफएसएच, एलएच, इटु, एस आदि।

– हिस्टेरोसाल्फिङ्गोग्राफ्री: डिम्बवाहिनीको संचारण।

– विर्य परीक्षण: यसमा पुरुषको विर्य जाँच गरिन्छ।

– विर्यको मात्रा र भोल्यूम: सामन्यता १.५–२ मिलि।

– विर्यमा शुक्रकिटको संख्या र कन्सनट्रेसनः सामन्यता २० मिलियन।

– शुक्रकिटको चल्ने क्षमता र मोटिलिटी: सामन्यता ४० प्रतिशतभन्दा माथि।

– शुक्रकिटको आकार र मोर्फोलोज।

बाँझोपनको उपचार
– उपयुक्त परामर्शरकाउन्सेल्लिङ:निःसन्तान दम्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सेलिङ प्रदान गर्नुपर्छ। आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतिको घर–परिवार सहितलाई पनि काउन्सेल्लिङ गर्नुपर्ने हुन्छ।

– औषधि पद्धतिद्वारा उपचार र मेडिकल थेरापी: महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन गोनाडोत्रोफिन औषधि प्रयोग गरिन्छ जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पुर्‍याउँछ। त्यसैगरी पुरुषको निम्ति केही प्रकारका औषधि उपलब्ध छन् जस्ले शुक्रकिटको मात्रा बढाउन मद्दत गर्दछ (ऐन्टी अक्सिडेन्ट, भिटामिन)।

– आइयुआईरआइभिएफ प्रविधिः आइयुआई भन्नाले पुरुषको विर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो। यो करिब २० प्रतिसतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ। आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ। त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ। यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया त्यो महिलामा पनि गर्न मिल्छ, जसको श्रीमानमा शुक्रिकटको मात्रा धेरै कम भएकोे पाइन्छ। यो साधारणतया ४०–५० प्रतिशत व्यक्तिमा सफल हुन्छ।

– शल्यक्रिया, ल्याप्रोस्कोपिकः यदि बाँझोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ।

– हिस्टेरोस्कोपिक: यस प्रविधिबाट पाठेघरभित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघरभित्र भिडियो पठाई शल्यक्रिया) बिना पेट खोली योनाङ्गको बाटोबाट निकालिन्छ।
र यो पनि

महिलामा देखिने बाँझोपनका यी हुन् ७ लक्षण

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...