back
Naima

आजदेखि कक्षा १२ को परीक्षा शुरू: पौने ४ लाख विद्यार्थी, संक्रमितलाई पछि परीक्षा दिने व्यवस्था

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।

आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको बताए । परीक्षाको समन्वय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला परीक्षा समितिले गर्नेछ । उनका अनुसार परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको छ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाको प्रश्नपत्र निर्माणदेखि इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने जानकारी दिए । बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ ।

सीसीएमसीले परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएपछि बसेको बोर्डको बैठकले परीक्षाको मिति तय गरेको थियो ।

त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

परीक्षामा सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरू भीड नियन्त्रण गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेटअघि नै पुग्नुपर्ने सुझाव दिइएको थियो । सोही सुझावको आधारमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सबै केन्द्राध्यलाई निर्देशन दिएको बोर्डका सदस्य–सचिव अर्यालले जानकारी दिए ।

बोर्डले सबै केन्द्रमा हेल्थडेक्स राख्नुपर्ने, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराउने, अनिवार्यरूपमा सेनिटाइजर, मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी मापदण्ड लागू गरेको छ ।

परीक्षामा अनिवार्य र ऐच्छिक गरी करिब ९० विषयको परीक्षा हुनेछ । परीक्षा बोर्डले योपटक १०० पूर्णाङ्कै परीक्षा लिनेछ । गत वर्ष बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।

परीक्षार्थीको प्रश्नपत्र बोर्ड आफैंले परीक्षण गर्ने व्यवस्था गरेको छ । बोर्डका सदस्य–सचिव अर्यालले परीक्षा सकिनासाथ सबै प्रदेश कार्यालय र सम्पर्क कार्यालयमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

संक्रमितलाई पछि परीक्षा दिने व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकेलगत्तै अर्को सूचना जारी गरी एकपटकका लागि परीक्षा दिने व्यवस्था गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए।

उहाँका अनुसार कोभिड संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने विद्यार्थीका लागि आइसोलेसन कक्षको व्यवस्था गर्न सबै केन्द्रलाई निर्देशन दिइसकेको छ । तर, संक्रमित परीक्षार्थीले पछि परीक्षा दिन चाहेमा प्रमाणसहित प्रक्रिया पूरा गरे एकपटकका लागि व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । बोर्डको बैठकले संक्रमितलाई निको भइसकेपछि परीक्षा दिने व्यवस्था गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...