back
Naima

महिलामा देखिने बाँझोपनका यी हुन् ७ लक्षण

काठमाडौँः बाँझोपन महिलाहरूका लागि गम्भीर समस्या बन्दै गइरहेको छ । प्रजनन क्षमतामा कमी आउँदा गर्भाधान गर्न समस्या हुने गर्छ । महिलामा विभिन्न कारणले गर्दा बाँझोपनको समस्या आउँछ । ओभ्युलेसन डिसअर्डर, फ्यालोपियन ट्युबमा क्षति हुने, एन्डोमेट्रियोसिस, युटेरस वा सर्भिक्ससँग जोडिएका विभिन्न समस्याका कारण बाँझोपनको समस्या आउँछ । विशेषज्ञले समयमा नै यसको उपचार गर्नुपर्ने सल्लाह दिन्छन् । बाँझोपन हुनुअघि के कस्ता सङ्केत देखिन्छन् ?

एन्डोमेट्रियोसिस

केही महिलाहरूलाई महिनावारीको समयमा तल्लो पेट वा कम्मर दुख्ने समस्या कम हुन्छ । सामान्य दुखाई मात्रै हुने गर्छ । तर, केही महिलाहरूमा भने महिनावारीको समयमा अत्यधिक पीडा हुने गर्छ । यस्ता महिलाहरूको महिनावारी अवधि पनि लामो हुन्छ । एन्डोमेट्रियोसिसमा पाठेघरको भित्र पाइने एउटा तन्तु बढेर पाठेघरबाट बाहिर आउँछ । उक्त तन्तु अण्डाशय, फ्यालोपियन तन्तु र गर्भाशयको बाहिर भागमा र अर्को भागमा पनि फैलिन सक्छ ।

यो समस्यामा अत्यधिक दुखाई हुने गर्छ । साथै, महिनावारी अनियमित हुने, दिसा गर्न समस्या हुने, यौनसम्पर्क राख्दा पीडा हुने, कम्मर दुख्ने, थकान हुने, वाकवाक लाग्ने, कहिलेकाहीँ रगत देखापर्ने, तल्लो पेट दुखिराख्ने आदि समस्या भइरहेमा बाँझोपन हुने खतरा बढ्छ ।

महिनावारी चक्रमा गडबडी

महिनावारी नियमित चक्र हो । तर, महिनावारी चक्रमा गडबडी हुनु बाँझोपनको कारण हुन सक्छ । अनियमित महिनावारीका कारण ओभ्युलेशन नियमित बन्न पाउँदैन । पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम, मोटोपन, कम तौल, थाइराइड जस्ता समस्याले पनि बाँझोपन निम्त्याउँछ ।

हर्मोनमा समस्या

हर्मोनमा हुने उतारचढावले पनि शरीरमा विभिन्न प्रकारका समस्याहरू आउँछन् । मुसा आउने, हातखुट्टा चिसो हुने, सेक्स ड्राइभमा कमी हुने, यौन इच्छामा कमी आउने, निप्पल डिस्चार्ज हुने, अनुहारको रौं बढ्ने, कपालको रौं पातलो हुने आदि लक्षणले पनि बाँझोपनको सङ्केत गर्छ ।

यौनसम्पर्कका क्रममा पीडा

डिस्पेर्युनिया अर्थात् सेक्सका क्रममा पीडा हुनु महिलाहरूको प्रजनन क्षमता प्रभावित हुनु हो । इन्फेक्सन एन्डोमेट्रियोसिस र फाइब्रोएड जस्ता समस्याले यौनसम्पर्कका क्रममा पीडा महसुस हुने भएकाले समयमा नै डाक्टरको सल्लाह लिन आवश्यक छ ।

महिनावारीको समयमा देखिने रगत

महिनावारीको समयमा देखिने रगत सामान्यतयास् चमकदार रातो हुन्छ । र अर्को दिनबाट गहिरो रातो हुँदै जान्छ । यदि महिनावारीको सुरुवातमा सामान्य देखि हल्का रातो वा धेरै नै गाढा छ भने बाँझोपनको सङ्केत हुनसक्छ ।

मोटोपन

मोटोपनाले महिलाको गर्भाधान क्षमतामा ह्रास ल्याउँछ । यस्तै, मोटोपनले गर्भवती भएको समयमा पनि समस्या पैदा गर्छ । समयभन्दा पहिलो मेनोपोज, क्यान्सर, क्यान्सरको उपचार, ओभरिज वा फ्यालोपियन ट्युबमा हुने क्षति, एन्डोमेट्रियोसिस आदि समस्याका कारण बाँझोपन हुन सक्छ । हिस्टेरोसाल्पिंगोग्राफी, एन्डोमेट्रियल बायोप्सी, ल्यापेस्कोपी, हर्मोन चेकअप जस्ता जाँच तथा परीक्षणबाट बाँझोपनको कारण पत्ता लगाउन सकिन्छ । यो समस्या समयमा नै पत्ता लगाएर उपचार गर्न डाक्टरले सल्लाह दिन्छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...