back
Naima

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

काठमाडौँ । नेपाली बजारमा टाटा मोटर्सको नयाँ पन्च ईभी फेसलिफ्ट मोडलको औपचारिक बिक्री सुरु भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौँमा मंगलबारदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ पन्च ईभी फेसलिफ्ट बिक्री सुरु गरेको हो।
कम्पनीले पन्च ईभी फेसलिफ्टलाई कुल तीन वटा भेरियन्टमा उपलब्ध गराएको छ। नयाँ बजेट संशोधन तथा इन्ट्रडक्टरी अफरपश्चात् पन्च ईभीको मूल्य अघिल्लो मोडलको तुलनामा ४ लाख रुपैयाँसम्मले घटेको छ। सिप्रदीका अनुसार पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसअघि पुरानो पन्च ईभी ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो।
नयाँ पन्च ईभीमा ३० किलोवाट आवर (kWh) र ४० किलोवाट आवर (kWh) गरी दुई वटा ब्याट्री विकल्पहरू प्रदान गरिएको छ। यी दुवै ब्याट्री क्षमता अघिल्लो पन्च ईभीको तुलनामा ५ किलोवाट आवरले बढी हुन्। चार्जिङ क्षमताका हिसाबले यो ६५ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्ने गरी तयार पारिएको छ, जसबाट ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न मात्र २६ मिनेट लाग्नेछ। साथै, १५ मिनेट मात्र चार्ज गर्दा पनि १३५ किलोमिटरसम्मको रेन्ज प्राप्त हुने कम्पनीको दाबी छ।
डिजाइनतर्फ नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडलहरूबाट प्रेरित १६ इन्चका एरो-अप्टिमाइज्ड एलोय ह्वील राखिएका छन्। पछाडिको भागमा भने आइस (इन्धन) पन्च फेसलिफ्टकै शैलीका नयाँ कनेक्टेड एलईडी टेललाइटहरू जडान गरिएको छ।
इन्टेरियरमा साविककै ड्यासबोर्ड डिजाइन कायम राखिए पनि नयाँ ट्रिम फिनिस र अपडेटेड दोहोरो रङ (डुअल-टोन) को थिम थपिएको छ। गाडीको क्याबिनमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ।
यसबाहेक, गाडीमा आधुनिक सुविधाहरू जस्तै वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी र ३६० डिग्री क्यामेरा समावेश गरिएका छन्। सुरक्षाको दृष्टिकोणले ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस), आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ बिम एसिस्ट जस्ता उच्च प्रविधिका फिचरहरू दिइएका छन्।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

वि.सं.२०८३ साउन २६ मंगलवार १९:४४

काठमाडौँ । नेपालका लागि एथर स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

वि.सं.२०८३ साउन २६ मंगलवार १७:११

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो...

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

वि.सं.२०८३ साउन २६ मंगलवार १६:०५

काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन...

नेपालमा भित्रियो रिभर मोबिलिटीको विद्युतीय स्कुटर ‘इन्डी’, नाइमा एक्स्पोमा सार्वजनिक

नेपालमा भित्रियो रिभर मोबिलिटीको विद्युतीय स्कुटर ‘इन्डी’, नाइमा एक्स्पोमा सार्वजनिक

वि.सं.२०८३ साउन २६ मंगलवार १५:५६

काठमाडौं । भारतको प्रसिद्ध विद्युतीय स्कुटर निर्माता कम्पनी ‘रिभर मोबिलिटी’...