सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट
वि.सं.२०८३ साउन २६ मंगलवार
काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले देशभरका सबै सुजुकी सर्भिस सेन्टरहरूमा विशेष “मनसुन निःशुल्क सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ। वर्षायाममा सवारीसाधनलाई चुस्त र सुरक्षित राख्ने उद्देश्यका साथ कम्पनीले साउन २७ देखि २९ गतेसम्म तीन दिने राष्ट्रव्यापी क्याम्प सञ्चालन गर्न लागेको हो।
भारी मनसुनी वर्षाका कारण सवारीसाधनमा आउने प्राविधिक समस्या र जोखिमलाई ध्यानमा राख्दै सीजी मोटोकर्पले ग्राहकको सुरक्षा र सुविधालाई प्राथमिकता दिएर यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने यस क्याम्पमा सुजुकीका ग्राहकहरूले ब्रेक, टायर, वाइपर, इन्जिन र इलेक्ट्रिकल प्रणाली लगायत वर्षायाममा बढी जोखिममा पर्ने मुख्य भागहरूको निःशुल्क जाँच, विशेषज्ञ परामर्शका साथै मर्मत र स्पेयर पार्ट्समा विशेष छुटको सुविधा प्राप्त गर्नेछन्।
सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काका अनुसार नेपालमा मनसुनको समय सवारीसाधनका लागि निकै चुनौतीपूर्ण हुने भएकाले यस अभियानमार्फत ग्राहकलाई सहज सर्भिस सुविधा प्रदान गर्नुका साथै सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
क्याम्पका मुख्य आकर्षण तथा सुविधाहरू
-
पार्ट्स तथा लुब्रिकेन्टमा: १० प्रतिशत छुट
-
लेबर चार्जमा: २० प्रतिशत छुट
-
एक्सेसरिजमा: १५ प्रतिशत छुट
-
निःशुल्क सुविधाहरू: जनरल जाँच, एसी र ब्याट्री जाँच, ब्रेक, टायर, वाइपर तथा इलेक्ट्रिकल प्रणालीको विशेष परीक्षण, साथै कार केयर र वर्षायाममा अपनाउनुपर्ने सावधानी सम्बन्धी निःशुल्क तालिम
यसका साथै क्याम्पमा सहभागी हुने ग्राहकहरू मध्येबाट भाग्यशाली तीन जना ग्राहकलाई सुजुकीका तर्फबाट आकर्षक उपहारसमेत प्रदान गरिनेछ। नेपालकै सबैभन्दा ठूलो अटोमोटिभ सर्भिस सञ्जाल रहेको सुजुकीका देशभरका सम्पूर्ण अधिकृत सर्भिस सेन्टरहरूबाट ग्राहकहरूले साउन २७ देखि २९ गतेसम्म यो सुविधा लिन सक्नेछन्।
प्रकाशित समय : २०:२१ बजे





















