back
Naima

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको ब्लु पेभिलियन अडिटोरियम हलमा भव्य रूपमा सुरु भएको छ। विशेष औपचारिक कार्यक्रमका बीच ‘स्पेसल प्यानल अफ गेस्ट’ ले उद्घाटन गरेको एक्स्पोको पहिलो दिन नै २९ हजारभन्दा बढी दर्शकहरूले प्रत्यक्ष अवलोकन गरेका छन् भने विभिन्न ब्रान्डका ४८ वटा नयाँ मोडलका सवारीसाधनहरू सार्वजनिक गरिएका छन्। ६ दिनसम्म चल्ने उक्त मेलामा कूल डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले यो एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन्। नीतिगत अस्थिरताले गर्दा व्यवसायीमा अनिश्चितता बढेको र नयाँ लगानी भित्र्याउन सकस परेको उल्लेख गर्दै उनले निजी क्षेत्र र सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्र नीति परिवर्तन गर्न सरकारलाई सुझाव दिइन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले व्यवसायीहरूलाई सवारी बिक्रीमा मात्र सीमित नरही सडक सुरक्षाका क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न र बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) मा विशेष ध्यान दिन आग्रह गरे। त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई राजस्वको स्रोत मात्र नभई अत्यावश्यक क्षेत्रका रूपमा लिनुपर्ने जोड दिए। नेपालमा विश्वकै उच्च भन्सार दर रहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीका लागि दीर्घकालीन र स्थिर नीतिको आवश्यकता औंल्याए।
समारोहमा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रको आर्थिक महत्त्वमाथि प्रकाश पारे। अध्यक्ष अग्रवालले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मोबिलिटी क्षेत्रको योगदान करिब ७ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्दै यसलाई बैंकिङ, बिमा, पर्यटन र पूर्वाधारसँग जोडिएको आर्थिक विकासको मुख्य इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताए।
एक्स्पोको पहिलो दिन प्रदर्शनीका साथै ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई)’ विषयक महत्वपूर्ण प्यानल छलफलसमेत सम्पन्न भयो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको उक्त सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका सीईओ मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य प्यानलिस्टका रूपमा रहेका थिए। सो लर्निङ सेसनमा तीन सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। यसका साथै ग्रान्डी इन्टरनेसनल हस्पिटलका तर्फबाट सडक दुर्घटनापछिको प्राथमिक उपचार सम्बन्धी विशेष प्रस्तुति पनि दिइएको थियो।
साउन ३१ गतेसम्म चल्ने यो दोस्रो संस्करणको एक्स्पोमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर र सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक, बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा सलिको र एनएलजी इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा आइएमई खल्ती लगायत दर्जनौँ प्रतिष्ठित स्वदेशी तथा विदेशी साझेदार संस्थाहरूको सहकार्य रहेको छ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

वि.सं.२०८३ साउन २६ मंगलवार २२:२६

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव नाइमा नेपाल...

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार २०:०४

काठमाडौँ । नेपाली बजारमा टाटा मोटर्सको नयाँ पन्च ईभी फेसलिफ्ट...

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

वि.सं.२०८३ साउन २६ मंगलवार १९:४४

काठमाडौँ । नेपालका लागि एथर स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

वि.सं.२०८३ साउन २६ मंगलवार १७:११

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो...