back
Naima

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा कानुनअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेध गरिए पनि तस्करी नरोकिएको बताइन्।

उनले भनिन्,‘बर्खे महिनाहरूमा कानुन र नियमअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेधित छ । तर तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन्।’

यो समस्या आफ्नो जिल्ला धादिङसहित नेपालका अधिकांश नदीमा जटिल बन्दै गएको उनले बताइन्। समस्या नदीजन्य पदार्थको उत्खननमा मात्र नभई कानुनी प्रक्रिया पनि जटिल रहेको उनको भनाइ छ।

‘मेरो मनसाय ढुंगा, गिटी र बालुवा निकाल्न पाउनु हुँदैन भन्ने पटक्कै होइन। तर यसको सही व्यवस्थापनमा कानुन बाधक बन्नु हुँदैन भन्ने चाहिँ हो,’ उनले भनिन्।

वातावरण संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम हुने गरी विद्यमान कानुनी व्यवस्था संशोधन गर्नुपर्नेमा उनले जोड दिइन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...