back
Naima

कर्मचारीको पैसा हिनामिना गरेको भन्दै नेपाल एसबिआई बैंकका कर्मचारी आन्दोलनमा उत्रिने तयारी

काठमाडौँ। नेपाल एसबिआर्ई बैंकका कर्मचारीहरुले व्यवस्थापन विरुद्धमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बैंक व्यवस्थापनले कर्मचारीको सहमति बिना जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराइ योगदान रकम पठाएपछि कर्मचारीहरुले आन्दोलन गर्ने जनाएका हुन् ।

कोष विरुद्धमा बैंक कर्मचारी संघ लगायत अन्य बैंकका कर्मचारीहरु आन्दोलनरत छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै अर्को आदेश नहुँदासम्म कोषमा आवद्धता स्वेच्छिक गर्न भनेपनि बैंक व्यवस्थापन कोषबाट सबै कर्मचारीको योगदान रकम फिर्ता गर्ने प्रतिवद्धता गरेको थियो ।

सो अघिसम्म एसबिआई बैंकका कर्मचारीहरुको रकम कर्मचारी संचयकोषमा पठाइन्थ्यो । बैंक व्यवस्थापनले सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोष दुवैमा नै कर्मचारीहरुको रकम नपठाई बैंकमा नै होल्ड गरेर राखेको छ । कर्मचारी सञ्चय कोषमा जाने रकमलाई निरन्तरता दिन बैंक कर्मचारी संघले पटक पटक व्यवस्थापनसँग आग्रह गर्दा समेत वास्ता नगरेपछि व्यवस्थापन विरुद्धमा कर्मचारी संघले असोज ५ गतेदेखि ८ गवतेसम्म आन्दोनल गर्ने उल्लेख गरेको छ ।

कर्मचारी संघले बैंक व्यवस्थापन विरुद्ध सामुहिक सौदावाजीका विषयमा सहमति जुटन नसक्दा, कर्मचारी संचय कोषको हिसाब दुरुस्त नराखेको, गाँउ पालिकामा कार्यरत कर्मचारीलाई २७ महिनाभन्दा बढी काम गर्दा पनि सरुवा नगरेको र कर्मचारीहरुको सेवा सुविधा घटाउन बैंक व्यवस्थापन अग्रसर रहेको भन्दै आन्दोलनको घोषणा गरेको हुन् । उक्त विषयमा कर्मचारी संघले विभिन्न चरणमा वार्ता गर्दा समेत व्यवस्थापन सहमतीमा आउन नसकेपछि कर्मचारी संघले आन्दोलन घोषणा गरेको हो ।

कर्मचारी संघले व्यवस्थापन विरुद्धको आन्दोलनमा पहिलो चरणमा कालोपट्टी बाँधेर विरोध गर्ने छन् । दोस्रो चरणका कार्यक्रमहरु भने असोज ७ गने तय गर्ने कर्मचारी संघले जनाएको छ ।

२०७८ भदौ २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...