back
Naima

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु भएको छ । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पो सुरु भएको हो ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस दोस्रो संस्करणको एक्स्पोलाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उद्घाटन गरे ।

आजदेखि आगामी भदौ ३१ गतेसम्म चल्ने ६ दिने यस मेलामा अटो व्यवसायीहरूले उत्साहजनक रूपमा नयाँ ब्रान्ड र मोडलका गाडीहरू सार्वजनिक गरेका छन् ।

भविष्यको गतिशीलतालाई नारा दिएको यस एक्स्पोमा ५३ वटा विभिन्न ब्रान्डको सहभागिता रहेको छन भने ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुने भएको छन् । तर मंगलबार भने २० भन्दा बढी मात्रै नयाँ गाडी लन्च भएका छन् ।

नयाँ गाडीहरूको ओइरोः कुन ब्रान्डको के आकर्षण ?
एक्स्पोको पहिलो दिनमै २० भन्दा बढी नयाँ गाडीहरू लन्च गरिएका छन् । विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) को बाहुल्यता रहेको यस मेलामा चिनियाँ ईभी जायन्ट बीवाइडीले आफ्नो बलियो उपस्थिति देखाएको छ ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो १ र एटो ३ को फेसलिफ्ट संस्करणसँगै नयाँ एटो २ सार्वजनिक गरेको छ ।

त्यस्तै, जापानी कम्पनी निसानले आफ्नो शक्तिशाली एसयूभी ’टेक्टन’ मोडल सार्वजनिक गरेको छ, जसको मूल्य ६१ लाख २१ हजार रुपैयाँ तोकिएको छ। चिनियाँ ब्रान्ड चेरीले आफ्नो नयाँ ईभी ब्रान्ड क्यू३ मार्फत ४०० किलोमिटर रेन्ज दिने दाबीसहित ३० लाख ११ हजार रुपैयाँको सुरुवाती मूल्यमा गाडी बजारमा ल्याएको छ ।

हाइब्रिड प्रविधितर्फ टोयोटाले आफ्ना चर्चित मोडल हाइलक्स र र्याभ फोरका हाइब्रिड संस्करणहरू प्रदर्शनमा राखेको छ, जसको मूल्य क्रमशः १ करोड ५५ लाख र २ करोड १३ लाख रुपैयाँ रहेको छ। बीएआइसीले पनि आफ्नो बक्सी डिजाइनको प्रिमियम हाइब्रिड एसयूभी बीजे ३० सार्वजनिक गरेको छ।

दुईपांग्रेमा पनि नयाँ प्रविधि
दुईपांग्रे सवारीसाधनतर्फ बजाजले आफ्नो पहिलो विद्युतीय स्कुटर चेतकका दुई मोडल प्रदर्शनमा राखेको छ । टिभिएसले एनटर्क १५० र आरटीएक्स ३०० जस्ता पावरफुल मोडलहरू सार्वजनिक गर्दा याडियाले जीएस ७० र जीटी ८० जस्ता नयाँ इलेक्ट्रिक स्कुटरहरू शोकेसमा राखेको छ । टाटा, हुन्डाई, ओमोडा, किया, एमजी र हेनरी भोल्ट्सका नयाँ र फेसलिफ्ट मोडलहरूले एक्स्पोलाई थप विविधता प्रदान गरेका छन्।

एक्स्पो प्रदर्शनीमा मात्र सीमित छैन । यहाँ सडक सुरक्षा, ईभी ब्याट्री व्यवस्थापन र नयाँ प्रविधिबारे विज्ञहरूसँगको लर्निङ सेसनहरु पनि आयोजना गरिएका छन्। बैंक तथा वित्तीय संस्थाहरूले ४० प्रतिशत डाउनपेमेन्ट र ६० प्रतिशत फाइनान्सिङको आकर्षक सुविधाका साथै सहुलियतपूर्ण ब्याजदरका योजनाहरू अघि सारेका छन्। १८ लाखदेखि ४ करोड रुपैयाँसम्मका सवारीसाधनहरू एक्स्पोमा उपलब्ध छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

वि.सं.२०८३ साउन २७ बुधवार १५:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना भइरहेको नाईमा...

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

वि.सं.२०८३ साउन २७ बुधवार १५:२६

काठमाडौँ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित नयाँ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५०

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार २०:०४

काठमाडौँ । नेपाली बजारमा टाटा मोटर्सको नयाँ पन्च ईभी फेसलिफ्ट...