back
Naima

निषेधाज्ञाको असर : गोदाममै थन्कियो ४ अर्ब रुपैयाँको तयारी कपडा

काठमाडौं । गर्मी मौसमलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मुलुकबाट आयात गरेका करीब ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर व्यापारीका गोदाममा थन्किन पुगेका छन् ।

कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण कपडा विक्री हुन नसकेर गोदाममा थन्किन पुगेको हो ।

गर्मी मौसमका कपडा बढी विक्री हुने समय वैशाख महीनामा महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि अर्बौं रुपैयाँको सामान गोदाममा थन्किन पुग्दा व्यापारीहरू निराश हुन पुगेका छन् ।

गतवर्ष पनि गर्मी मौसम शुरू हुनै लाग्दा बन्दाबन्दी शुरू भएकाले करीब ३/४ अर्ब रुपैयाँको गर्मी मौसमका लागि आयात गरिएका तयारी कपडा व्यापारीहरूका गोदाममै थन्किएको थियो । यस वर्ष पनि त्यही प्रक्रिया दोहोरिएको नेपाल–चीन व्यापारमा संलग्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले बतााए ।

‘गतवर्षकै मौज्दात रहेको कपडा विक्री हुन सकेको थिएन यस वर्ष पनि करीब ४ अर्ब रुपैयाँको सामान मौज्दात हुन पुग्यो,’ उनले भने ।

असनमा रेडिमेड कपडाको थोक व्यापार गर्दै आएका राजेशमान श्रेष्ठले कोरोना महामारी कम हुँदै गएको जस्तो देखिएकाले गर्मी महीनाका लागि करीब १५ लाख रुपैयाँको कपडा आयात गरेका थिए । त्यसमध्ये उनले ५ लाख रुपैयाँको कपडा पनि विक्री गर्न नपाउँदै निषेधाज्ञा शुरू भयो ।

‘अब कहिलेसम्म निषेधाज्ञा लम्बिन्छ थाहा छैन । त्यसैले व्यापारमा गरिएको लगानी डुब्छ कि भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भने । एकातिर बैंकको ऋण, ब्याज, सटरको भाडा चालू छ । तर, यता व्यापार ठप्प छ कसरी गुजारा चलाउने भन्ने कुराले आफूजस्ता धेरै व्यापारीलाई पिरोल्न थालेको उनले सुनाए ।

निषेधाज्ञा थपिँदै गएमा अहिले व्यापारीहरूका गोदाममा थन्किएका तयारी कपडा जाडो समयका लागि काम लाग्दैनन् । त्यसैले अर्को वर्षको गर्मी शुरू हुने बेलासम्मका लागि अहिले गरिएको लगानी फिर्ता नआउने सम्भावना रहेको व्यापारीहरूको भनाइ छ ।

बन्दाबन्दीका कारण करीब ४ महीनादेखि सम्पूर्ण व्यापार व्यवसायमा संकट उत्पन्न भएका बेलामा फेरि व्यापारीहरू चाडपर्वका लागि सामान आयात गर्नुपर्ने बाध्यतामा छन् ।

नेपाली व्यापारीहरूले गर्मी, जाडो र दशैंतिहारका लागि भनेर छिमेकी मुलुक भारत र चीनबाट हरेक वर्ष करीब ३० देखि ४० अर्ब बराबरको रेडिमेड लत्ताकपडा आयात गर्ने गर्छन् । आर्थीक अभियानबाट

२०७८ ९ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

वि.सं.२०८३ साउन ११ सोमवार १४:४९

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले...

गाउँदेखि अन्तर्राष्ट्रिय आतिथ्य नेतृत्व हुँदै नेपालको होटल उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा 

गाउँदेखि अन्तर्राष्ट्रिय आतिथ्य नेतृत्व हुँदै नेपालको होटल उद्योगको शिखरसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा 

वि.सं.२०८३ साउन ११ सोमवार ०९:२०

दाङ । तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली...

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

वि.सं.२०८३ साउन १० आइतवार १२:२१

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...