back
skip this gaugauma singhadarbar

निषेधाज्ञाको असर : गोदाममै थन्कियो ४ अर्ब रुपैयाँको तयारी कपडा

काठमाडौं । गर्मी मौसमलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मुलुकबाट आयात गरेका करीब ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर व्यापारीका गोदाममा थन्किन पुगेका छन् ।

कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण कपडा विक्री हुन नसकेर गोदाममा थन्किन पुगेको हो ।

गर्मी मौसमका कपडा बढी विक्री हुने समय वैशाख महीनामा महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि अर्बौं रुपैयाँको सामान गोदाममा थन्किन पुग्दा व्यापारीहरू निराश हुन पुगेका छन् ।

गतवर्ष पनि गर्मी मौसम शुरू हुनै लाग्दा बन्दाबन्दी शुरू भएकाले करीब ३/४ अर्ब रुपैयाँको गर्मी मौसमका लागि आयात गरिएका तयारी कपडा व्यापारीहरूका गोदाममै थन्किएको थियो । यस वर्ष पनि त्यही प्रक्रिया दोहोरिएको नेपाल–चीन व्यापारमा संलग्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले बतााए ।

‘गतवर्षकै मौज्दात रहेको कपडा विक्री हुन सकेको थिएन यस वर्ष पनि करीब ४ अर्ब रुपैयाँको सामान मौज्दात हुन पुग्यो,’ उनले भने ।

असनमा रेडिमेड कपडाको थोक व्यापार गर्दै आएका राजेशमान श्रेष्ठले कोरोना महामारी कम हुँदै गएको जस्तो देखिएकाले गर्मी महीनाका लागि करीब १५ लाख रुपैयाँको कपडा आयात गरेका थिए । त्यसमध्ये उनले ५ लाख रुपैयाँको कपडा पनि विक्री गर्न नपाउँदै निषेधाज्ञा शुरू भयो ।

‘अब कहिलेसम्म निषेधाज्ञा लम्बिन्छ थाहा छैन । त्यसैले व्यापारमा गरिएको लगानी डुब्छ कि भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भने । एकातिर बैंकको ऋण, ब्याज, सटरको भाडा चालू छ । तर, यता व्यापार ठप्प छ कसरी गुजारा चलाउने भन्ने कुराले आफूजस्ता धेरै व्यापारीलाई पिरोल्न थालेको उनले सुनाए ।

निषेधाज्ञा थपिँदै गएमा अहिले व्यापारीहरूका गोदाममा थन्किएका तयारी कपडा जाडो समयका लागि काम लाग्दैनन् । त्यसैले अर्को वर्षको गर्मी शुरू हुने बेलासम्मका लागि अहिले गरिएको लगानी फिर्ता नआउने सम्भावना रहेको व्यापारीहरूको भनाइ छ ।

बन्दाबन्दीका कारण करीब ४ महीनादेखि सम्पूर्ण व्यापार व्यवसायमा संकट उत्पन्न भएका बेलामा फेरि व्यापारीहरू चाडपर्वका लागि सामान आयात गर्नुपर्ने बाध्यतामा छन् ।

नेपाली व्यापारीहरूले गर्मी, जाडो र दशैंतिहारका लागि भनेर छिमेकी मुलुक भारत र चीनबाट हरेक वर्ष करीब ३० देखि ४० अर्ब बराबरको रेडिमेड लत्ताकपडा आयात गर्ने गर्छन् । आर्थीक अभियानबाट

२०७८ ९ गते प्रकाशित ।

nactional life -asoj
gaugauma singhadarbar

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...

उद्योग, कृषि र भूमि व्यवस्था मन्त्रालयको बजेट कति ?

उद्योग, कृषि र भूमि व्यवस्था मन्त्रालयको बजेट कति ?

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:१२

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निम्ति आउँदो...

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२४

काठमाडौं । एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण...