back

सिमेन्टको माग वार्षिक २ करोड ५८ लाख पुग्ने प्रक्षेपण

काठमाडौं । ५ वर्षभित्र नेपालमा सिमेन्टको माग अहिलेको भन्दा दोब्बरभन्दा बढी हुने प्रक्षेपण गरिएको छ ।

ठूला पूर्वाधारका आयोजनाहरू निर्माणाधीन रहेको र नयाँ आयोजनाहरू पनि कार्यान्वयनमा जाने भन्दै सन् २०२५ सम्ममा नेपालमा सिमेन्टको माग वार्षिक २ करोड ५८ लाख मेट्रिक टन (मेटन) पुग्ने प्रक्षेपण नेपाल राष्ट्र बैंक गरेको छ ।

२०२०/२१ लाई आधार वर्ष मान्दै केन्द्रीय बैंकले आगामी ५ वर्षसम्ममा सिमेन्टको माग बढ्दै जाने प्रक्षेपण गरेको हो । अहिले नेपालको आन्तरिक बजारमा सिमेन्टको माग झन्डै करोड नजिक अर्थात् ९० लाख ५० हजार मेटन रहेको छ ।

हाल सञ्चालनमा आएका ५५ सिमेन्ट उद्योगहरूको वार्षिक कुुल जडितक्षमता भने १ करोड ५० लाख मेटन रहेको छ । केन्द्रीय बैंकका अनुसार सबै सिमेन्टहरू उत्पादन क्षमताअनुसार सञ्चालनमा आएका छैनन् । अर्थात् पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।

‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी : आर्थिक सामाजिक प्रभावको अध्ययनसम्बन्धी प्रतिवेदन’ शुक्रवार सार्वजनिक गर्दै केन्द्रीय बैंकले राष्ट्रिय गौरवका आयोजनाहरू, गौतम बुद्ध, पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन रहेको र अरू मेगा प्रोजेक्टहरू पनि पाइपलाइनमा रहेकाले सिमेन्टको माग बढ्ने प्रक्षेपण गरेको छ ।

पाइपलाइनमा रहेका बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो मर्स्याङ्दी जलविद्युत् (दोस्रो), कालिगण्डकी गर्ज, आँखु खोला जलविद्युत्जस्ता आयोजनाहरूका कारण पनि आगामी वर्षहरूमा सिमेन्टको माग बढ्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीका उद्योगहरू थप खोल्न दिन पनि केन्द्रीय बैंकले सुझाव दिएको छ । नेपालमा उपलब्ध चुनढुंगा खानीलाई उपयोगमा ल्याई आन्तरिक माग परिपूर्ति गर्न, आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनु उपयुक्त हुने सुझाव केन्द्रीय बैंकले दिएको छ ।

उसले अहिले पनि वार्षिक रूपमा १५ लाख ६० हजार मेटन सिमेन्ट आयात भएको भन्दै यसलाई कटौती गर्न आन्तरिक उत्पादन क्षमताअनुसार नै उत्पादन गर्न पनि सुझाव दिएको छ ।

तर, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले भने राष्ट्र बैंकले वैदेशिक लगानीमा उद्योग खोल्न दिएको सुझावमा असन्तुष्ट व्यक्त गरेका छन् । ‘हामीले विगत वर्षहरूदेखि नै सिमेन्ट उद्योगमा वैदेशिक लगानी ल्याउन नहुने भन्दै सरकारलाई पटक पटक पत्राचार गरेका छौं,’ उनले भने ‘अहिले नेपाली सिमेन्ट उद्योगहरूबाट नै आन्तरिक माग परिपूर्ति हुने र निर्यात गर्ने क्षमता राख्छन् र सस्तोमा पनि सिमेन्ट विक्री गरिरहेका छौं ।’

क्लिंकर तथा सिमेन्ट उत्पादन र लगानी पनि नेपाली लगानीकर्ताहरूबाटै भएका बेला विदेशी लगानीमा उद्योग खोल्नु भन्नु गलत भएको उनले बताए ।

केन्द्रीय बैंकको यो सुझाव सच्याउन आवश्यक भएको भन्दै उनले यसले नेपाली सिमेन्ट उद्योगीलाई निरुत्साहित गर्ने दाबी गरे । मुलुकमा सञ्चालित स्वदेशी निजी, सरकारी र विदेशी लगानीमा ५५ भन्दा बढी सिमेन्ट उद्योगहरू सञ्चालनमा छन् । उनीहरूको उत्पादन क्षमता वार्षिक १ करोड ५० लाख भए पनि अहिले पनि सिमेन्ट आयात भइरहेको छ ।

केन्द्रीय बैंकका अनुसार नेपालका सिमेन्ट उद्योगहरूमा वैदेशिक लगानीको अंश होङसी–शिवममा ७० प्रतिशत, मारुतीमा २१ प्रतिशत, अर्घाखाँची सिमेन्टमा १८ प्रतिशत छ । यस्तै शतप्रतिशत वैदेशिक लगानी रहेको हुवासिङ नारायणी सिमेन्ट भने निर्माणाधीन छ । यसको लगानीकर्ता चिनियाँ कम्पनी हुवासिङ सेन्ट्रलर एशिया इन्भेष्टमेन्ट (वुहान) लि.रहेको छ ।

अर्घाखाँची र मारुतीमा भारतीय लगानी र हुवासिङ र होङसी शिवममा भने चिनियाँ कम्पनीको लगानी रहेको छ । वैदेशिक लगानीमा स्थापित उद्योगहरूको सञ्चालन र मुनाफा राम्रो रहेको पनि उल्लेख गरिएको छ । साथै, उत्पादन क्षमता र उत्पादन लागत पनि न्यून रहेको पाइएको छ ।

केन्द्रीय बैंकले सिमेन्ट उद्योगहरूको सामाजिक–संस्थागत उत्तरदायित्व (सीएसआर)बाट हुने लगानी, रोजगारीका साथै व्यापारिक अवसरहरूको पनि विश्लेषण गरेको थियो ।

सिमेन्ट उद्योगको सञ्चालनबाट रोजगारीका अवसर सृजना, उद्योग वरिपरिको जमीनको मूल्य वृद्धि हुँदा आम्दानीमा सकारात्मक प्रभाव परेको भए पनि वातावरणीय प्रदूषण भने बढेको उल्लेख गरिएको छ ।

वातावरण प्रदूषण रोक्नका लागि सिमेन्ट उद्योगहरूलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गर्नुपर्ने सुझाव पनि दिइएको छ । यसैगरी सीएसआरमार्फत हुने खर्चलाई शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्न नीति लिन पनि आवश्यक देखिएको उल्लेख गरिएको छ ।आर्थीक अभियानबाट

२०७८ ९ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

वि.सं.२०८२ चैत ३० सोमवार १७:२०

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती...

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

वि.सं.२०८२ चैत ३० सोमवार १५:३२

काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै...

इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास सबै महँगिए, निगम अझै घाटामा

इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास सबै महँगिए, निगम अझै घाटामा

वि.सं.२०८२ चैत २७ शुक्रवार १०:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य...

स्वास्थ्य सेवा आइतबार पनि सञ्चालन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य सेवा आइतबार पनि सञ्चालन गर्न मन्त्रालयको निर्देशन

वि.सं.२०८२ चैत २७ शुक्रवार १०:३०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि...

कृष्ण मन्दिर अगाडि छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

कृष्ण मन्दिर अगाडि छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

वि.सं.२०८२ चैत २६ बिहीवार १७:२३

ललितपुर । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा...

रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो : स्रुबीकुमारी ठाकुर

रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो : स्रुबीकुमारी ठाकुर

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१३

काठमाडौं । श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी...