back

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लादेखि सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोड्ने र कर्णाली करिडोरमार्फत डोल्पा–जाजरकोट–सुर्खेत हुँदै विद्युत् दोदोधरामा संकलन गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार पश्चिम सेतीबाट दोदोधरासम्म प्रसारणलाइन निर्माणका लागि कम्पनी स्थापना भइसकेको छ भने बेतन कर्णालीको विद्युत् समेत दोदोधरामै ल्याउने गरी अर्को प्रसारणलाइन अघि बढाइँदैछ । ‘दोदोधरालाई प्रमुख हब बनाउँदै त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न छोटो र सहज मार्ग तयार हुन्छ,’ श्रेष्ठले बताए ।

प्रस्तावित सबै प्रसारणलाइन निर्माण गर्न करिब १३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने उनको भनाइ छ । पश्चिम सेती ४०० केभी प्रसारणलाइन (१४५ किमी) बझाङ, डोटी, डडेलधुरा र कैलाली जोड्ने परियोजना हो, जसको अनुमानित लागत २० अर्ब रुपैयाँ छ । यसमा २५०० मेगावाट क्षमतामध्ये हालसम्म ६०० मेगावाट ‘बुक’ भइसकेको छ ।

त्यस्तै, कर्णाली करिडोर प्रसारणलाइन कालिकोटको फुकोटबाट सुरु भई बेतन कर्णाली हुँदै दोदोधरा पुग्नेछ । ९१ किमी लम्बाइको यो लाइनमा भारततर्फ क्रसबोर्डर जोड्न थप ३० किमी विस्तार गरिनेछ । करिब २२ अर्ब लागतको यस आयोजनाको एक खण्डको ठेक्का प्रक्रिया अघि बढिसकेको छ । श्रेष्ठले ठूलो पूर्वाधार निर्माणका लागि बजेट अभाव मुख्य चुनौती बनेको उल्लेख गर्दै अर्बौंको परियोजनामा करोडौं मात्र बजेट विनियोजन हुने अवस्थाले काममा ढिलाइ भइरहेको बताए । उनले संघीय सरकार मात्रले सम्भव नभएकाले प्रदेश र स्थानीय तहको सहलगानी आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार ४०० केभीका करिब ४०२ किमी प्रसारणलाइन निर्माण गर्न ७० अर्ब रुपैयाँ आवश्यक पर्छ । यदि ८ हजार मेगावाट विद्युत् उत्पादन भई ५० प्रतिशत निर्यात गर्न सकिए वार्षिक करिब ११२ अर्ब रुपैयाँ आम्दानी हुन सक्ने अनुमान गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

वि.सं.२०८३ साउन ६ बुधवार १८:३१

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट...

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

वि.सं.२०८३ साउन ३ आइतवार १३:३८

काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

वि.सं.२०८३ असार २८ आइतवार १७:३५

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा...

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

वि.सं.२०८३ असार २३ मंगलवार १२:५३

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४...

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

वि.सं.२०८३ असार २३ मंगलवार १२:४३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन...