back
skip this gaugauma singhadarbar

यस कारण गैरआवासीय नेपाली संघ एससीसी भिक्टोरिया कोषाध्यक्षमा गौतम

सबै नेपाली समुदायलाई साथ र समर्थनको लागि अपील

काठमाडौँ । गैरआवासीय नेपाल संघ –एनआरएनए) एससीसी भिक्टोरिया (भिआइसी) २०२५–२०२७ सम्मको कार्यकालको लागि टिम एकता बाट कोषाध्यक्ष पदमा शिक्षा क्षेत्रमा लामो समय योग्दान गर्नुभएका खिम गौतमले आफ्नो उम्मेद्वारी घोषणा गरी चुनावी मैदानमा होमिनु भएको छ ।

शिक्षा क्षेत्रमा करिब २५ वर्ष भन्दा लामो अनुभव संगाली सक्नु भएका गौतमले आफ्नो उम्मेदवारी केवल जिम्मेवारी नभइ जीवन भरको सेवा र समपर्णको यात्राको निरन्तरता भनी बताउनु भएको छ ।

२५ वर्षको शैक्षिक अनुभवका दौरानमा गौतमले २० हजार भन्दा बढी विद्यार्थीहरुलाई शिक्षा र प्रेरणा प्रदान गरीसक्नु भएको छ ।

अन्तराष्ट्रिय विद्यार्थी, पेशागत वर्ग र नयाँ आप्रवासीहरुका समस्या बुझ्ने र समाधान खोज्ने क्रममा उहाँले शिक्षा र समुदायको बीचमा सेतुको रुपमा भुमिका खेल्दै आउनु भएको छ ।

गौतमले अष्ट्रेलियास्थित नेपाली समुदायलाई सशक्त, समावेशी र एकजुट बनाउने समेत बताउनु भएको छ ।

बौद्धिक, शालिन एवं भद्र स्वभावका मानिने गौतम टिम एकता बाट अत्यधिक मतका साथ विजय हुने आकलन अष्ट्रेलियामा चल्न थालेको छ ।

को हुन् खिम गौतम ?

कास्कीको मकै खोलामा सामान्य परिवारमा जन्मिएका खिम गौतम १७ वर्षको उमेर देखि वीरगन्जबाट शिक्षण पेसा प्रारम्भ गर्नु भएको थियो । गौतमले सन् २००४ मा नवलपरासी बसाई सरेपछि अमर सेकेन्डरी स्कुलमा पुन अध्यापन सुरु गर्नु भयो ।

सन् २००७ मा खिम गौतम राजधानी काठमाडौँ पस्नु भयो लगत्तै उहाँले बानेश्वरमा रहेको ज्ञान उच्च माध्यमिक विद्यालयमा अध्यापन क्षेत्रमै लाग्नु भयो । शिक्षण पेशा प्रतिको लगाव र मेहिनतका कारण छोटो समयमै गौतम ज्ञानु उच्च माध्यमिक विद्यालयको प्रिन्सिपलको जिम्मेवारी समाल्न पुग्नु भयो ।

सन् २००९ मा त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा अंग्रेजी विषयमा स्नातकोत्तर उत्रिण गरे पछि एक वर्ष सम्म काठमाडौँको प्रख्यात लोकसेवाको तयारी गराउने निम्स इन्स्टिच्युटको वरिष्ठ प्राध्यापक भएर काम गर्नु भयो ।

काठमाडौँमा रहँदा गौतमले प्राध्यापक भएर नासा कलेज, लर्ड बुद्ध,  निम्स्ट नर्सिङ्ग, एसियन एञ्जकरिङ्ग, भ्याली एञ्जककरिङ्ग,  काष्ठमण्डप कलेजलगायत धेरै शैशिक संस्थामा अनुभव बटुल्नु भयो ।

आफ्नै लगानीमा संचालन गरेको विद्यालयमा गौतमले तीन वर्षमा  प्रिन्सिपलको रूपमा जिम्मेवारी वहन गर्नु भयो ।

गौतमले अध्यापन गराउँदा गराउँदै शिक्षक सेवा आयोगको पनि तयारीमा लाग्नु भएको थियो । पढाइमा अब्बल रहनु भएका गौतमले सन् २०१४ मा भक्तपुरबाट अंग्रेजी विषयको नि.मा.वि. शिक्षक पदमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा नाम निकाल्नु भयो यस संगै अष्ट्रेलियामा भिजा आवेदन पनि दिनु भएको थियो संयोग जस्तै भनौ यता शिक्षक सेवा आयोगमा पनि नाम निस्कनु उता अष्ट्रेलियाको भिजा पनि आउनु गौतमलाई दुईवटा विकल्प मध्य एउटा छनौट गर्नु थियो

अन्ततः गौतमले नेपालको सरकारी जागिर तथा सबै अवसर स्थगित गरी थप अध्ययनको लागि अष्ट्रेलिया जाने निर्णय लिनु भयो ।

हाल गौतम सेन्ट्रल  अष्ट्रेलियन कलेजको नेशनल ट्रेनिङ एण्ड क्याम्पस म्यानेजर पदमा कार्यरत हुनुहुन्छ । उहाँको काँधमा अष्ट्रेलियाको तास्मानियामा र भिक्टोरियाको दुई वटा गरी ३ वटा कलेजको जिम्मेवारी रहेको छ ।

गौतमको नेतृत्वमा  अहिले करिब १०० जना भन्दा बढी कर्मचारी कलेजमा कार्यरत छन् । गौतमले घरेलु तथा अन्तराष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियन सरकारको ट्रेनिङ नीति नियम रही कुशल नेतृत्व प्रदान गरिरहनु भएको छ ।

गौतमले अध्यापनका  साथ साथै आफूले दक्षता हासिल गरेको क्षेत्रका पुस्तकहरु पनि लेख्नु भएको छ । उहाँका पिसिएल नर्सिंग देखि ब्याचलर सम्मका पिसिएल नर्सिङ, एचए, ल्याब, फार्मेसीको प्रवेश परीक्षाका अंग्रेजी अभ्यास पुस्तक पनि प्रकाशित छन् । अष्ट्रेलियामा केही पुस्तकहरु प्रकाशनको तयारीमा छन् । अलवा गौतम समाजमा घुलमिल हुन र सामाजिक क्षेत्रमा सक्रिय हुन मन पराउनु हुन्छ । साथै उहाँले नेपालका विभिन्न दुर्गम ठाउँमा दिन दुखी तथा गरिब जेहन्दार बालबालिकाहरुको लागि शैक्षिक छात्रवृति समेत प्रदान गरिरहनु भएको छ ।

यस्ता छन्  गौतमको  चुनावी प्रतिबद्धता

–पारदर्शी आर्थिक प्रणाली र उत्तरदायित्वपूर्ण व्यवस्थापन

–विद्यार्थी, युवा र आप्रवासी लक्षित कार्यक्रमहरूमा सहयोग

–समावेशी, सशक्त र एकीकृत समुदाय निर्माणमा योगदान

–नेपाली समुदायलाई सशक्त, समावेशी र एकजुट बनाउने

–पारर्दशिता, जवाफदेहिता र समुदाय केन्द्रित कार्यक्रमहरु

–रुपान्तरण र मार्ग सुधार

गौतमले आउनुहोस्, माया, सम्मान, एकता र ज्ञानको साथ हामी सबै मिलेर हाम्रो समुदायको उज्वल भविष्य निर्माण गरौं,” भन्ने सन्देशसहित  सबै नेपाली समुदायलाई साथ र समर्थनको लागि अपील गर्नु भएको छ ।

nactional life -asoj
gaugauma singhadarbar

माउन्टेन इनर्जीको लाभांश घोषणा

माउन्टेन इनर्जीको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४६

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य...

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

वि.सं.२०८२ कात्तिक १९ बुधवार १२:०४

काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

सुन र चाँदीको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?

सुन र चाँदीको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ११:५९

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको...

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

वि.सं.२०८२ कात्तिक १७ सोमवार १३:०२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख...