back

पहिलोपटक पसल खोल्दै गुगल

काठमाडौं । गुगलले सञ्चालन गर्ने रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गरिनेछ ।

एप्पलको जिनियस बार अवधारणा जस्तै गुगलले पनि रिटेल स्टोरहरुमा दक्ष कर्मचारीहरु खटाउनेछ जसले गुगलका सामानहरुमा देखा परेका समस्या समाधान गर्ने, पिक्सेल फोनको स्क्रिन मर्मत गर्ने तथा सफ्टवेयर इन्स्टल गरिदिने लगायतका काम गरिदिनेछन् ।

एक ब्लग पोष्टमा गुगलले रिटेल स्टोर स्थापना गर्ने कदम गुगलको हार्डवेयर तर्फको यात्रामा एक महत्वपूर्ण कदम रहेको जनाएको छ ।ब्लग पोष्टमा भनिएको छ ‘धेरै उपभोक्ताहरु सामान किन्नु अगाडि त्यसको हार्डवेयर कस्तो छ ? हातमा तथा डेस्कमा राख्दा कस्तो देखिन्छ ? छुँदा कस्तो अनुभव हुन्छ ? अनि आवाज कस्तो आउँछ भन्ने जान्न चाहन्छन् ।’ आफ्नो हार्डवेयर प्रडक्टको व्यापार वार्षिक रुपमा अर्बौँ डलरको हुने गरेको गुगलले जनाएको छ ।

तर कम्पनीको समग्र आम्दानीमा हार्डवेयर व्यवसायको हिस्सा कति छ भनेर उसले देखाउने गरेको छैन । केही वर्षयता गुगलले न्युयोर्क, शिकागो तथा लण्डन लगायतका सहरमा अस्थायी हार्डवेयर पसल खोल्ने गरेको छ जहाँ ग्राहकहरुले सामान हेर्न, वर्कसपमा भाग लिन तथा सामान खरिद गर्न पनि सक्छन् ।

तथापि आफ्ना सामान बिक्रीका लागि गुगल हालसम्म अधिकांशतः आफ्नो वेबसाइट तथा अन्य बिक्रेताहरुको भर पर्ने गरेको छ, जसमा बेस्ट बाइ तथा अमेजन लगायतका मुख्य छन् । विश्वमा आफ्नै रिटेल स्टोर सञ्चालन गरेर एप्पलले सफलता प्राप्त गरिरहेको भएपनि अन्य धेरै यस्ता कम्पनीहरू संघर्षरत छन् ।

यसअघि माइक्रोसफ्टले पनि आफ्नो रिटेल स्टोरको रुपमा धेरै ठाउँमा माइक्रोसफ्ट स्टोर्स खोलेको थियो । तर गत वर्षमात्रै माइक्रोसफ्टले ती सबै ८३ वटा माइक्रोसफ्ट स्टोरहरु बन्द गर्ने र अनलाइनबाट सामान बिक्रीमा केन्द्रित हुने घोषणा गरेको थियो । सिएनएनबाट

२०७८ ९ गते प्रकाशित ।

gaugauma singhadarbar

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

वि.सं.२०८२ असोज २४ शुक्रवार १३:५०

काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी...

कमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

कमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

वि.सं.२०८२ वैशाख २५ बिहीवार १०:४९

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन...

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

वि.सं.२०८१ चैत २५ सोमवार ०९:५२

सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी...

मोबाइल फोन रिसाइक्लिंग व्यवसाय फस्टाउँदो

मोबाइल फोन रिसाइक्लिंग व्यवसाय फस्टाउँदो

वि.सं.२०८१ चैत १८ सोमवार १७:३८

चीनमा मोबाइल फोन रिसाइक्लिंग उद्योग फस्टाउँदै गएको छ । चीनमा,...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४७

काठमाडौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।...