back

पहिलोपटक पसल खोल्दै गुगल

काठमाडौं । गुगलले सञ्चालन गर्ने रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गरिनेछ ।

एप्पलको जिनियस बार अवधारणा जस्तै गुगलले पनि रिटेल स्टोरहरुमा दक्ष कर्मचारीहरु खटाउनेछ जसले गुगलका सामानहरुमा देखा परेका समस्या समाधान गर्ने, पिक्सेल फोनको स्क्रिन मर्मत गर्ने तथा सफ्टवेयर इन्स्टल गरिदिने लगायतका काम गरिदिनेछन् ।

एक ब्लग पोष्टमा गुगलले रिटेल स्टोर स्थापना गर्ने कदम गुगलको हार्डवेयर तर्फको यात्रामा एक महत्वपूर्ण कदम रहेको जनाएको छ ।ब्लग पोष्टमा भनिएको छ ‘धेरै उपभोक्ताहरु सामान किन्नु अगाडि त्यसको हार्डवेयर कस्तो छ ? हातमा तथा डेस्कमा राख्दा कस्तो देखिन्छ ? छुँदा कस्तो अनुभव हुन्छ ? अनि आवाज कस्तो आउँछ भन्ने जान्न चाहन्छन् ।’ आफ्नो हार्डवेयर प्रडक्टको व्यापार वार्षिक रुपमा अर्बौँ डलरको हुने गरेको गुगलले जनाएको छ ।

तर कम्पनीको समग्र आम्दानीमा हार्डवेयर व्यवसायको हिस्सा कति छ भनेर उसले देखाउने गरेको छैन । केही वर्षयता गुगलले न्युयोर्क, शिकागो तथा लण्डन लगायतका सहरमा अस्थायी हार्डवेयर पसल खोल्ने गरेको छ जहाँ ग्राहकहरुले सामान हेर्न, वर्कसपमा भाग लिन तथा सामान खरिद गर्न पनि सक्छन् ।

तथापि आफ्ना सामान बिक्रीका लागि गुगल हालसम्म अधिकांशतः आफ्नो वेबसाइट तथा अन्य बिक्रेताहरुको भर पर्ने गरेको छ, जसमा बेस्ट बाइ तथा अमेजन लगायतका मुख्य छन् । विश्वमा आफ्नै रिटेल स्टोर सञ्चालन गरेर एप्पलले सफलता प्राप्त गरिरहेको भएपनि अन्य धेरै यस्ता कम्पनीहरू संघर्षरत छन् ।

यसअघि माइक्रोसफ्टले पनि आफ्नो रिटेल स्टोरको रुपमा धेरै ठाउँमा माइक्रोसफ्ट स्टोर्स खोलेको थियो । तर गत वर्षमात्रै माइक्रोसफ्टले ती सबै ८३ वटा माइक्रोसफ्ट स्टोरहरु बन्द गर्ने र अनलाइनबाट सामान बिक्रीमा केन्द्रित हुने घोषणा गरेको थियो । सिएनएनबाट

२०७८ ९ गते प्रकाशित ।


छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:४६

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता...

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:१६

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो...

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १२:२८

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ एफईको लन्च गरेको...

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी ४० लाईट, के के छ फिचर ?

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी ४० लाईट, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ११:२६

काठमाडौं । विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो...

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

वि.सं.२०८१ कात्तिक १ बिहीवार ११:५६

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन जागिर वा अनलाइन व्यापारमा लगानी...