back

प्रभु बैंकको ४ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्री खुल्ला

nactional life

काठमाडौँ । आजदेखि प्रभु बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १० वर्षका लागि ४ अर्ब बराबरको “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” नामक ऋणपत्र आजदेखि बिक्री खुल्ला गरेको हो । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक ३–३ महिनामा ब्याज भुक्तानी गर्ने बताएको छ ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँको ४० लाख कित्ता बिक्री गरेको हो । जसमा १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । ५ प्रतिशत अर्थात् ८० हजा कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको हो । बाँकि २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा अवधि जेष्ठ २६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लि. रहेको छ ।

२०७८ जेठ ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...