back

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

सप्तरी । खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै सप्तरीको खडक नगरपालिकाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायीसँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

नगरपालिकाका अनुसार उक्त आयोजनाका लागि डाक्नेश्वरी–९, सप्तरीस्थित रविना ओम गणेशाय जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । तर दोस्रो पटकसम्म म्याद थप गरिँदा पनि कम्पनीले निर्माण कार्य पूरा नगरेको, पेश्की रकम लिएर समेत अपेक्षित प्रगति नगरेको तथा लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको आरोप नगरपालिकाले लगाएको छ ।

निर्माण कार्य समयमै सम्पन्न गर्न नगरपालिकाले पटक पटक पत्राचार र ताकेता गरे पनि कम्पनीले कामलाई निरन्तरता नदिएको जनाएको छ। निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिन अब आठ दिन मात्र बाँकी रहेकाले पनि नगरपालिकाले थप कडाइ गरेको हो। साथै, निर्माण व्यवसायीले नियमानुसार म्याद थपका लागि कुनै निवेदनसमेत नदिएको सूचनामा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस किन नगर्ने भन्ने विषयमा विश्वसनीय आधारसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न नगरपालिकाले आग्रह गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:००

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

वि.सं.२०८३ साउन १० आइतवार १८:५०

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...