back

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

nactional life

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिनुभएको छ ।

प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले कार्यान्वयनको नेतृत्व भने प्राधिकरणकै व्यवस्थापनले लिनुपर्ने धारणा राख्नुभयो ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रसारण लाइन र सबस्टेशन लगायतका संरचना निर्माणलाई प्राथमिकता दिई पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै तोकिएको समयमै आयोजना सम्पन्न हुने गरी कार्ययोजनासहित मातहतका निकायलाई परिचालन गर्नुपर्ने मन्त्री श्रेष्ठको सुझाव छ ।

मन्त्री श्रेष्ठले प्राधिकरणका अधिकारीहरूले आफूसँग रहेको लामो अनुभव, दक्षता र क्षमताको अधिकतम उपयोग गर्न आग्रह गर्दै समस्याको पहिचान मात्र नभई समाधानका ठोस प्रस्ताव पनि व्यवस्थापन तहबाट आउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

‘यसपटक प्राधिकरणले माग गरे अनुसारको बजेट प्राप्त गरेको छ । अब त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार र गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणकै हो,’ उहाँले भन्नुभयो ।

प्राधिकरणले सामाजिक उत्तरदायित्वसँगै प्रतिफलमुखी लगानीमा समेत ध्यान दिनुपर्ने बताउँदै उहाँले आगामी वर्षहरूका लागि प्राथमिकता प्राप्त आयोजनाबारे स्पष्ट निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले विद्युत महसुल बक्यौता असुलीको विषयलाई प्राधिकरणले नियमित कार्यसूचीको रूपमा अघि बढाउन सुझाव दिनुभयो । विषयको उठानसँग त्यसको नियमित अनुगमन गर्दै निष्कर्षमा पुर्याउन उहाँको सुझाव छ । संस्थागत सुशासन सुदृढ गर्ने, कार्यसम्पादनलाई परिणाममुखी बनाउने तथा प्राथमिकताका आयोजना छनोट गरी अगाडि बढ्ने विषयमा उपकार्यकारी निर्देशकहरूलाई ढुक्क भएर सुझाव र प्रस्ताव पेश गर्न आग्रह गर्नुभयो ।

‘विगतमा के भयो वा किन भएन भन्ने बहसभन्दा अब कसरी अघि बढ्ने भन्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ मन्त्री श्रेष्ठको भनाइ थियो । छलफलमा उपकार्यकारी निर्देशकहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गतका आयोजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्य योजनाबारे जानकारी गराएका थिए । उनीहरूले बजेट कार्यान्वयनलाई व्यवस्थित बनाउन असार १५ गतेभित्र विस्तृत कार्ययोजना तयार गरी सञ्चालक समितिमा पेश गर्ने तयारी भइरहेको समेत जानकारी दिएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु...

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२१

काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै...

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...