back

युवा नेता सापकोटाको पहलमा प्रणामी मन्दिर सन्तपुरको बोलपत्र आव्हान

nactional life

रौतहट । नेकपाका युवा नेता बालकृष्ण सापकोटाको पहलमा सघन सहरी तथा भवन निर्माण आयोजना, पर्साबाट कृष्ण प्रणामी मन्दिर सन्तपुर र शान्तिनगरको पुर्वाधार निर्माणको लागि बोलपत्र आव्हान भयकाे छ ।

रौतहटका उदयमान नेता सापकोटा निवर्तमान शहरी विकास मंत्री प्रभु साहको स्वकीय सचिव हुन। उनको सक्रियतामा र मंत्री साहको पहलमा चन्द्रपुर नगरपालिकामा भौतिक निर्माण कार्यले गति लिएको छ ।

चन्द्रपुर नगरपालिका ८ र ९ वडामा २ कि.मि लाईनिङ ,चाँदी खोलामा तटबन्ध ५ सय मिटर,तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत पौराई ब्रह्मस्थान मन्दिर परिषरमा ३० लाख रुपैयाको लागतमा सिन्दुरेघारि धर्मशाला निर्माण भएको सचिव सापकोटाले बताएका छन्।

त्यसैगरी मोतिपुरमा ३५ लाखको लागतमा छठिघाट निर्माण , ३५ लाखको लागतमा मेनुका सिमसार प्राबि को भवन निर्माण,१ करोडको लगानीमा मरधर सिमसार ताल सौन्दर्यकरण गरिएको मन्त्री प्रभु साहका स्वकीय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए।

सहरी बिकास मन्त्रालयबाट मरधर सिमसार देखि सिन्दुरेघारी सम्म को बाटो स्तरोन्नति २ कि.मि ,सहरी बिकास मन्त्रालयबाट मरिनटोल देखि चेतनगर बजार सम्मको सडक स्तरोन्नति,मरधर गाँउको सडक स्तरोन्नति गरिएको छ ।

उता स्मार्ट सिटि अन्तरगत चन्द्रपुर आर्मी क्याम्प देखि मोतिपुर ,सिन्दुरेघारी, डुमरिया सडक कालो पत्रे,बनटोल जुडबेला फुलवारी कलटोल सम्म सडक कालो पत्रे,डुमरिया ,बनबहरी, रंगपुर सडक कालो पत्रेको लागि डिपिआर भई टेण्डर प्रक्रियामा रहेको सचिव सापकोटाले बताएका छन्।

यता चन्द्रपुर नगरपालिकामा रहेको कृष्ण प्रणामी मन्दिर सन्तपुर र शान्तिनगरको पुर्वाधार निर्माणको लागि बोलपत्र आहवान भइसकेको उनले बताए।

मन्दिर निर्माणको यस बहुबर्षिय योजना १० करोड रुपैयाँ बिनियोजन भएको सापकोटाले बताए । बोलपत्र आव्हान भएसंगै सापकोटालाई स्थानीयहरुले सामाजिक संजालको मध्यमबाट अत्यधिक धन्यवाद ज्ञापन गरेका छन्।

 

यस सम्मानले आफुलाई अझै उर्जाशिल बनाएक‍ो सापकोटाले बताए । नेकपा प्रदेश २ का अध्यक्ष तथा पूव मन्त्री प्रभु साहको बिशेष पहलमा उक्त कार्यहरुको प्रगति भएको सचिव सापकोटाले जानकारी दिएका छन्।

२०७८ जेठ १० गते प्रकाशित।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...