back

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बजेटमार्फत नयाँ मोडलको घोषणा

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित, बहुउद्देश्यीय र लगानीयोग्य बनाउनका लागि छुट्टै प्राधिकरण स्थापना गर्ने स्पष्ट पारेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस आयोजनालाई हालको कम्पनी मोडलबाट रूपान्तरण गरी प्राधिकरण मोडलमा अगाडि बढाउने व्यवस्था गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोजनालाई थप सम्भाव्य बनाउन यो कदम चालिएको जानकारी दिनुभयो । केवल जलविद्युत् आयोजनाका रूपमा मात्रै अगाडि बढाउँदा राज्यको लगानीको प्रतिफल कम आउने भएकाले अब यसलाई सिँचाइ, खानेपानी, मत्स्यपालन तथा पर्यापर्यटनसमेत समेटिएको बहुउद्देश्यीय परियोजना बनाइने उहाँको भनाइ छ ।

लागत बढेर ४ खर्ब, पूर्वाधार निर्माण तीव्र

सुरुवाती चरणमा बुढीगण्डकी आयोजनाको कुल लागत २ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर, नीतिगत अन्योल, लगानीको ढाँचा तय गर्न भएको ढिलाइ र निर्णय प्रक्रियामा सुस्तता आउँदा समय र लागत दुवै बढेर अहिले आयोजनाको कुल लागत झन्डै ४ खर्ब रुपैयाँ पुगेको छ ।

लामो समयको अन्योलता चिर्दै मन्त्रालयले अहिले आयोजनास्थलसम्म पुग्ने पुल तथा आवासस्थल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । फ्रान्सेली कम्पनी ट्याक्टबेलले सन् २०१४ मा तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार यस आयोजनामा २६३ मिटर अग्लो बाँध निर्माण हुनेछ, जुन धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा रहनेछ ।

मुआब्जा वितरण ९६ प्रतिशत सम्पन्न

कुल १ हजार २०० मेगावाट क्षमताको यस आयोजनाबाट झन्डै ८ हजार ११७ घरपरिवार प्रभावित हुने अनुमान छ । आयोजना प्रभावितहरूका लागि हालसम्म करिब ४५ अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको छ भने जग्गा अधिग्रहणको काम पनि ९६ प्रतिशत सम्पन्न भइसकेको छ । यद्यपि, प्रभावितहरूको पुनर्वास तथा स्थानान्तरणका लागि तय गरिएको छुट्टै कार्यविधि भने अझै कार्यान्वयन हुन बाँकी छ ।

२०९१ भित्र सम्पन्न गर्ने लक्ष्य र आर्थिक प्रतिफल

ऊर्जा मन्त्रालयले तय गरेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार यो आयोजना विक्रम संवत् २०९१ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । काठमाडौँ, पोखरा र नारायणगढ जस्ता मुख्य बिजुली खपत हुने ‘लोड सेन्टर’ हरूको नजिक रहेकाले यो आयोजना नेपालको ऊर्जा सुरक्षाका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।

आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि यसबाट वार्षिक करिब ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुनेछ । बिजुली बिक्रीबाट मात्रै आयोजनाले वार्षिक करिब ३१ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । यस आयोजनाको उत्पादन अनुमतिपत्र (लाइसेन्स) ५० वर्षका लागि रहनेछ । आगामी दिनमा जलाशय क्षेत्रमा चक्रपथ निर्माण गर्ने र पर्यटनका ठूला पूर्वाधारहरू खडा गर्ने रणनीतिक योजनासमेत सरकारले अघि सारेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

वि.सं.२०८३ साउन ६ बुधवार १८:३१

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

वि.सं.२०८३ साउन ४ सोमवार १३:२३

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का...