back

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमाडौं । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ । साथै, विद्यमान डिम्याट खाताको केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था लागू हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जारी गरेको सूचनाअनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।

नयाँ व्यवस्थाअनुसार साउन १ गतेपछि नयाँ हितग्राही खाता खोल्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । त्यसैगरी, यसअघि खोलिएका डिम्याट खाताको विवरण अद्यावधिक (केवाईसी अपडेट) गर्ने क्रममा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्नेछ ।

सिडिएसका अनुसार पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्न र दोहोरो वा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्न राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको हो । यस व्यवस्थाले लगानीकर्ताको तथ्यांक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै पूँजीबजारमा पारदर्शिता, विश्वसनीयता र नियामकीय निगरानीलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

वि.सं.२०८३ साउन ४ सोमवार १३:४५

काठमाडौँ। नयाँ सरकार गठन भएसँगै पूँजी बजारमा जुन ऐतिहासिक उत्साह...