back

सरकारले १२ अस्पतालका लागि थप ८ करोड १० लाख दिने

nactional life

काठमाडौं । अर्थ मन्त्रालयले कोभिड विरुद्ध लड्न १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रूपैयाँ दिने भएको छ । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि सरकारले अस्पताललाई सोही रकम दिने भएको हो ।

अर्थ मन्त्रालयले त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रूपैयाँ दिने भएको हो ।

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुमपश्चिमका लागि ७५ लाख, टीकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको माग अनुसार अर्थले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न यसअघि पनि बजेट सहमति दिँदै आएको अर्थ मन्त्रालयले जनाएको छ ।

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...