back

कोरोना कहर : रौतहटका मजदुरलाई छाक टार्नै हम्मे

रौतहट – अघिल्लो सालको बन्दाबन्दि सेलाउन नपाउदै फेरि निषेधाज्ञा र लकडाउन शुरु भएपछि रौतहटका होटल मजदुर ,यातायात मजदुर ई रिक्सा चालक तथा ठेला चालकको चुल्लो नबल्ने अवस्था रहेका छ ।

बस चल्न नपाएका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने बसका मजदुरलाई दुई छाक खान पनि धौ धौ परेको उनीहरुको गुनासो रहेको छ । दिन भरी चन्द्रनिगाहपुर र गौरमा ठेला चलाएर घर चलाउदै आएका ठेला मजदुरले समेत काम अभावमा खान समस्या भएको गुनासो गरेका छन्।

जिल्लाका बिभिन्न स्थानमा ई रिक्सा चलाएर जिवन चलाउदै आएकाहरुको घरमा खाने चामल नभएर चरम समस्या आएको रिक्सा चालक केदार प्रसाद तिमलसिनाले बताए ।

चन्द्रनिगाहपुर गौर सडक खण्डमा बिगत लामो समय देखी सवारी चालकको काम गर्दै आएका संजिव यादवले महिनौ देखी बस थन्केका कारण परिवारलाई खुवाउन समस्या परेको गुनासो गरे ।

दिनभरी बस चलाएर सांझ भत्ता ल्याएर चामल तरकारी किनेर खाने हामी मजदुर लकडाउन र निषेधाज्ञाले ठुलो समस्यामा परेका छौ, हाम्रो समस्या हेर्ने कोही भएन ,उनले गुनासो गरे ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुर बाट लामो तथा छोटो दुरीका गरी ७२ वटा भन्दा धेरै बस जिल्लाभरी चल्ने गरेकामा अघिल्लो सालदेखिको बन्दाबन्दिले सेवा बन्द भएसंगै ती बसमा काम गर्ने मजदुरका परिवारमा खाद्ययान्न अभाव रहेको रौतहट बस ब्यावसायी सेवा प्राली चन्द्रनिगाहपुरका ईन्चार्ज शैलेस गिरीले बताए ।

रौतहट बस ब्यावसायी सेवा प्रालीमा अवद्ध करिव तीन सय यातायात मजदुर कोरोनाको कहरले भन्दा खान नपाएर समस्याले मर्ने अवस्थामा पुगेको भए पनि त्यस तर्फ सम्बन्धीत निकायले चासो नदिएको गिरीको भनाइ रहेको छ ।

दिन भरी काम गरेर कमाएर ल्याएको पैसाले परिवार पाल्दै आएकोमा पछिल्लो समयको बन्दाबन्दीका कारण परिवार पाल्न धेरै समस्या भएको चन्द्रनिगाहपुरका अर्का बस मजदुर विरेन्द्र पटेलले बताए ।

गौर – काठमाण्डौ चल्ने आफ्नो बस चलाउन नपाउदा राखैकै ठाउमा बसको टायर र बडी नै कुहिने अवस्था पुगेको र बैंकको ब्याज समेत तिर्न नपाएको धुम थ्रि नामको बसका संचालक दिपक तिमलसिनाको गुनासो रहेको छ ।

उनले राज्यले निषेधाज्ञा लकडाउनको बिकल्प खोजेर यातायात संचालनको ब्यावस्था गरे आफुहरुले राहत पाउने बताए । बन्दाबन्दीका कारण बस मजदुर जस्तै समस्यामा रौतहटमा ठेला चलाएर जिविका चलाउने मजदुरहरु पनि परेका छन्।

ठेला चलाएर जिविका चलाउदै आएका मोहमद सम्सुल हकले बन्दाबन्दीका कारण परिवार पाल्न समस्या भएको बताउछन । जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा रहेका साना तथा ठुला होटल बन्द हुदा ती होटलमा काम गर्ने मजदुरको रोजगारी नै गुमेको छ ।

२०७८ जेठ १० गते प्रकाशित।


दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४७

काठमाडौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।...

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४१

राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी...

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:३६

काठमाडौंका विभिन्न ठाउँमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै...

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:२५

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष...