back

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ ¥याली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत वातावरणमैत्री यातायात र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्ने सन्देश दिइएको नाडाले जनाएको छ ।

¥यालीमा दिपल, भोल्टस, कामा, एम्पीएर, स्काइवर्थ, फ्युचरमोर्टस, नामी, टियागो ईभी र सुजुकी लगायतका ब्रान्डका विद्युतीय सवारीसाधन सहभागी भएका थिए । कार्यक्रमलाई टाइम्स बिजनेश स्काइवर्थ तथा नेपाल जिवन बिमा कम्पनी ले सहयोग गरेका थिए ।

नाडा सचिवालय टेकुबाट सुरु भएको ¥याली त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली र कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा पुगेर समापन गरिएको थियो । ¥यालीमा सहभागी ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्वअध्यक्षद्वय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलाल ले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेका थिए भने ¥यालीको समग्र व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पाल ले गरेका थिए । नाडाले ‘नाडा ग्रीन ड्राइभ २०२६’ लाई सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण सदस्य तथा सहभागीहरूप्रति आभार व्यक्त गरेको छ । साथै, यस्ता कार्यक्रमले हरित यातायात, स्वच्छ ऊर्जा र वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...