back

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले देशव्यापी ‘सुजुकी समर सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ। कम्पनीले आगामी जेठ २४ देखि २६ गते (जुन ७–९, २०२६) सम्म नेपालभर रहेका आफ्ना अधिकृत सुजुकी सर्भिस सेन्टरमार्फत उक्त सेवा अभियान सञ्चालन गर्न लागेको जनाएको हो।

गर्मी तथा मनसुन सुरु हुनुअघि सवारीसाधनलाई सुरक्षित र उत्कृष्ट अवस्थामा राख्ने उद्देश्यले आयोजना गरिएको क्याम्पमा ग्राहकले विभिन्न आकर्षक सुविधा प्राप्त गर्नेछन्। कम्पनीका अनुसार क्याम्प अवधिभर सवारीसाधनको विस्तृत प्राविधिक परीक्षण, मर्मत–सम्भार सेवा, निःशुल्क जाँच तथा स्पेयर पार्ट्स र श्रम शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।

सीजी मोटोकर्पले मनसुनका बेला हुने भारी वर्षा, चिप्ला सडक र चुनौतीपूर्ण यात्रालाई ध्यानमा राख्दै ग्राहकलाई सुरक्षित यात्रा सुनिश्चित गर्न यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ।

क्याम्पको अर्को विशेष आकर्षण बम्पर लकी ड्र रहेको छ। क्याम्प अवधिमा आफ्नो गाडी सर्भिस गराउने ग्राहकहरूमध्येबाट छनोट गरिएका १० जना भाग्यशाली विजेताले नगरकोटस्थित भंगेरी दरबार रिसोर्टमा लक्जरी स्टेकेसन प्याकेज प्राप्त गर्ने अवसर पाउनेछन्। क्याम्पमा सहभागी हुने सबै ग्राहक स्वतः लकी ड्रमा समावेश हुने कम्पनीले जनाएको छ।

सीजी मोटोकर्पले देशभरका सुजुकी सवारीधनीलाई नजिकको अधिकृत सर्भिस सेन्टरमा पुगेर विशेष अफरको लाभ लिन तथा आगामी मनसुन सिजनका लागि आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न आग्रह गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...