३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

वि.सं.२०७८ जेठ १० सोमवार

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ । हिजो आइतबार ३ सयले बढेको सुनको भाउ आज १ सयले बढेको हो ।
आज सुन तोलामा १ सयले बढेर प्रतितोला ९३ हजार ७ सय र तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो ।
हिजो प्रतितोला ५ रुपँयाले घटेको चाँदी आज ५ रुपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३४५ मा कारोबार भएको थियो । आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।
२०७८ जेठ १० गते प्रकाशित

प्रकाशित समय : ०८:४४ बजे