निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओको लागि १३ जनाको आवेदन
वि.सं.२०७८ मंसिर २ बिहीवार
काडमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को लागि १३ जनाले आवेदन दिएका छन् । कोषले सिईओ पदको लागि आवेदन दिने अन्तिम मिति मंसिर १ गतेसम्म सोही संख्यामा आवेदन परेको हो ।
कोषको सिईओको लागि कोषका वहालवाला संचालक उपेन्द्र कुमार पौडेल र निर्वतमान सीइओ विष्णुबाबु मिक्ष, एनसेलमा कार्यरत रमेश घिमिरे, यम प्रसाद तिवारी, वासुदेव दाहाल, दिल बहादुर काफ्लेले आवेदन दिएका छन् ।
त्यसैगरी मुक्तिबहादुर खत्री, प्रदिप भट्टराई कृषि विकास बैंकमा कार्यरत डा. सुरेश टण्डन, गोविन्द प्रसाद दाहाल, रमा नेपाल, कोषका संचालक रहेका उपेन्द्र कुमार पौडेल, धरणीधर अधिकारी, मेघेन्द्र प्रकाश गिरीले समेत आवेदन दिएका छन ।
प्रकाशित समय : १४:२८ बजे





















