back

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

nactional life

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि., ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले बी एण्ड बी अस्पतालबाट प्रदान गरिने इनपेसन्ट, आउटपेसन्ट, आकस्मिक सेवा तथा औषधि खरिदमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकले ग्राहकहरूको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न देश तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग यस्ता सहकार्य गर्दै आएको जनाएको छ। यस सम्झौताले पनि बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवा उपयोग गर्दा थप राहत पुग्ने विश्वास गरिएको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।

बैंकले बदलिँदो समय र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप सुलभ, प्रभावकारी र ग्राहकमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

वि.सं.२०८३ जेठ २४ आइतवार १६:२२

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु...

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

कुमारी बैंकद्वारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३७

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी...

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

वि.सं.२०८३ जेठ २१ बिहीवार १२:१७

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३६

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न,...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१९

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१,...