back

फर्मा ब्राण्डको उन्नत प्रविधि ट्याक्टर नेपाली बजारमा

nactional life

काठमाडौँ । नेपालमा फर्मा उन्नत प्रविधि ट्रयाक्टर लन्च भएको छ । यती टेक्निक फर्मा प्रालिको भगिनी संस्था कृषि समूह नेपालले नेपालका लागि फर्मा ट्याक्टरको एकमात्र आधिकारिक आयातकर्ता भई बिक्री सुरु गरेको हो । बुधबार सोल्टी होटलमा एक कार्यक्रम आयोजना गर्दै उक्त ट्याक्टर बिक्री वितरणको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा मन्त्री शर्माले कृषकका लागि यो ट्याक्टर एकदमै उपयोगी हुने बताएका छन् । भारतबाट पाटपुर्जा ल्याई नेपालमै उत्पादन थाल्ने हो भने नेपाल सरकारले चाहिएजति जग्गा उपलव्ध गराउने र उद्योग संचालनका लागि प्रति यूनिट ६ रुपैयाँमा विद्युत उपलव्ध गराउने बताए ।

नेपालमा फर्मा ब्राण्डको उन्नत प्रविधि युक्त ट्रयाक्टर लन्च गरिएको कृषि ग्रुपका अनिल श्रेष्ठले बताए ।
फर्मा ब्राण्ड परम्परागत युरोपेली विरासतमा कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । यो बोटोसानीको रोमानियाली टाउनशिपमा आधारित भएको र रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको ट्याक्टर हो । भारतको स्वामित्वमा रहेको फमर्म ब्राण्ड युरोपेली प्रविधिको साथ भारतमा बनाइ विश्वमा निर्यात भइरहेको छ । कम्पनीले विशेष गरी कृषिमा समुदायको गुणस्तर सुधार्न, उद्यम र उद्यमशीलतामा पहल गर्न र एक विश्वसनीय व्यापार साझेदार बन्न उक्त कार्यक्रम गरेको बताए ।

अन्तर्राष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले फमर्म ब्रान्ड र यसको भिजन मिशन प्रस्तत गरेका थिए । कृषि समूहका अध्यक्ष तेज विक्रम थापाले यसको भगिनी सरोकार यति टेक्निक फार्म प्रालिको ग्राहकहरूलाई निर्वाधरूपमा सेवा दिनका लागि नेपालभर बिक्री र सेवा आउटलेटहरूको बलियो नेटवर्क बनाएको बताए ।

कार्यक्रममा नाडा र अन्य संघसंस्थाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो भने केही ग्राहकहरुलाई ट्याक्टरको चाबी हस्तान्तरण गरिएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...