back

बजार हरियाली: फाइनान्स कम्पनीहरूमा झुम्मिए लगानीकर्ता, कालिन्चोक हाइड्रोपावरमा सर्किट

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक २२.२१ अंक बढेर २७७७.५८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक बढेको छ।

नेप्से बढ्दा यस दिन वित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण दखिएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमुहको परिसूचक करिब ४ प्रतिशत बढेको छ भने व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन सामान्य घटेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम घटेको छ। सोमबार ५ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ६१ हजार ५२७ पटकको कारोबारमा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कालिन्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६४ रुपैयाँ ९० पैसा बढेर ४९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य साढे १० प्रतिशत बढेको छ। यस दिन मूल्य घटेर स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे २६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...