back

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा खाता रोक्का (फ्रिज) हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र शुल्क भुक्तानी नगर्ने प्रयोगकर्ताको डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिने स्पष्ट पारेको छ । डिम्याट खाता रोक्का भएपछि लगानीकर्ताले सेयर खरिद-बिक्री तथा हस्तान्तरण गर्न पाउने छैनन्।

सामान्यतया हरेक वर्षको असार मसान्तभित्र बुझाइसक्नुपर्ने यस्तो वार्षिक शुल्क यस पटक सीडीएससीले साउन १५ गतेसम्मका लागि समय थप गरेको हो । डिम्याट खाता प्रयोगकर्ताले प्रतिखाता वार्षिक रु. १०० शुल्क बुझाउनुपर्ने व्यवस्था छ । हाल देशभर डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ ।

यस्तै, प्राथमिक सेयर (आईपीओ/एफपीओ), हकप्रद सेयर भरनाका साथै दोस्रो बजारमा बिक्री भएको सेयर हस्तान्तरण गर्न प्रयोग गरिने ‘मेरो सेयर’ सेवाको नवीकरण शुल्क पनि बुझाउन सीडीएससीले आग्रह गरेको छ । मेरो सेयरको वार्षिक शुल्क रु. ५० रहेको छ । हाल मेरो सेयरमा ५१ लाख ४८ हजार ८९४ भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् ।

घरमै बसेर अनलाइनबाट यसरी गर्नुहोस् नवीकरण:

डिम्याट र मेरो सेयरको शुल्क लगानीकर्ताले घरमै बसेर डिजिटल भुक्तानी माध्यमहरूबाट सजिलै तिर्न सक्नेछन् । नवीकरण गर्ने प्रक्रिया यस प्रकार छ:

  • स्टेप १: सर्वप्रथम आफ्नो Mero Share एप वा वेब पोरटलमा लगइन गर्नुहोस् ।

  • स्टेप २: दायाँ पट्टि माथि रहेको आफ्नो नाम (Profile) मा क्लिक गरी ‘Account Information’ मा जानुहोस् ।

  • स्टेप ३: त्यहाँ देखिने ‘Renew Account’ विकल्पमा क्लिक गर्नुहोस् ।

  • स्टेप ४: अब स्क्रिनमा उपलब्ध भुक्तानी माध्यमहरू (eSewa, Khalti, Prabhu Pay, IME Pay, Connect IPS आदि) मध्ये आफूलाई पायक पर्ने माध्यम छनोट गर्नुहोस् ।

  • स्टेप ५: यदि दुवै नवीकरण गर्न बाँकी छ भने ‘Mero Share & DEMAT’ छनोट गरी ‘Proceed’ मा क्लिक गर्नुहोस् ।

  • स्टेप ६: आफ्नो डिजिटल वालेट वा बैंकको विवरण (Username/Password) राखेर लगइन गरी भुक्तानी (Pay/Submit) प्रक्रिया पूरा गर्नुहोस् ।

समयमै शुल्क बुझाएर खाता रोक्का हुनबाट जोगिन र सेयर कारोबारलाई निरन्तरता दिन सीडीएससीले सम्पूर्ण लगानीकर्ताहरूमा अनुरोध गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

वि.सं.२०८३ साउन ४ सोमवार १३:४५

काठमाडौँ। नयाँ सरकार गठन भएसँगै पूँजी बजारमा जुन ऐतिहासिक उत्साह...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...