दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट
वि.सं.२०८३ साउन १२ मंगलवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ को विन्दुमा पुगेको छ।
आज ३४२ कम्पनीका १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका नौ उपसूचकहरू राताम्मै भएका छन्।
आजको कारोबारमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतको सकरात्मक सर्किट लाएको छ। त्यसपछि लक्ष्मी उन्नती कोषको ९.१० प्रतिशत, गरिमा सम्वृद्धि योजना ८.९८ प्रतिशत, याम्बालिङ हाइड्रोपावरको ४.३९ प्रतिशतले बढेका छन्।
प्रकाशित समय : १५:५३ बजे





















