प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो
वि.सं.२०८३ साउन १२ मंगलवार
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहलाई छिमेकी मुलुक भारत भ्रमणको औपचारिक निम्तो दिइएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सो कुराको पुष्टि गरेका हुन्।
प्रेस ब्रिफिङमा पत्रकारहरूले नेपालका नयाँ प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता जयसवालले भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको जानकारी दिए।
नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने र द्विपक्षीय हितका विविध विषयमा छलफल गर्ने उद्देश्यले यो निम्तो दिइएको बताइएको छ। यद्यपि, प्रधानमन्त्री शाहको भ्रमणको निश्चित मिति र तालिका भने दुवै देशको कूटनीतिक परामर्शपछि छिट्टै सार्वजनिक गरिनेछ।
प्रकाशित समय : १७:५८ बजे





















