back

सेयर बजारसँगै सेयर धितो कर्जा लिने १८.०६ प्रतिशतले बढे, लगानिकर्ताले कहिले कति कर्जा लिएका थिए ?

के बजार बुलिस प्रवृत्तिमा फर्किएको हो?

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेको ग्राफ उकालो लागिरहेको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको ग्राफ समेत उकालो लागेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म सेयर धितोकर्जामा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८.०६ प्रतिशतले बढी हो । २०८० असार मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा कूल ७६ अर्ब ३० करोड ८६ लाख रुपैयाँ प्रवाह भएको थियो ।

कर्जामध्ये सबैभन्दा बढी १ करोड रुपैयाँ भन्दा माथिको सेग्मेन्टमा ५५ अर्ब ९३ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ भने ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जामा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । यो दुई सेग्मेन्टमा क्रमशः २५.१ प्रतिशत र ५.५ प्रतिशत कर्जा मागमा वृद्धि आएको हो ।

अघिल्लो वर्ष १ करोडमाथिको मागमा बैंकहरुले ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ र १ करोडभन्दा तल ५० लाख रुपैयाँभन्दामाथिको मागमा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ लगानी गरेका थिए ।

२५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख तलको कर्जामा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ लगानी भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यो दुई सेग्मेन्टमा क्रमशः १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ र ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ लगानी भएको थियो ।

खासगरी मौद्रिक नीतिले यसअघिको ४/१२ अर्थात् एक व्यक्ति वा संस्थागत लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र सबै बैंक तथा वित्तीय संस्थाहरुबाट गरी १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था परिमार्जन गरेसँगै कर्जा मागमा उत्साह आएको हो । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाले सेयर धितोकर्जाको ४/१२ को व्यवस्था परिमार्जन गर्दै व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोडसम्म सीमा वृद्धि गरिदिएको थियो ।

यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले संस्थागततर्फको २० करोडको सीमा समेत खारेज गरिदिएको छ । यसले नेप्से सूचक बढिरहेको अवस्थामा कर्जा मागमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । करिब २१ सय विन्दुमा रहेको नेप्से सूचक मौद्रिक नीतिपछि ३० हजार विन्दुमा उक्लिसकेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...