back
himalayan life

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छन् । बुधवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद अधिकारीले पूँजी बजारमा भइरहेका विभिन्न विकृति र चलखेलबारे बोर्डको ध्यानाकर्षण गराएकी हुन् ।

बैठकमा उनले वर्षौंदेखि भइरहेको भनिएको उधारो शेयर कारोबार, बजारमा हुने कृत्रिम मूल्यवृद्धि, प्रि-आईपीओमा प्रिमियम निर्धारण र फन्ड म्यानेजरहरूको ‘फ्लिपिङ’ प्रवृत्तिका विषयमा सेबोनको कडा आलोचना गरिन् ।

फन्ड म्यानेजरको ‘फ्लिपिङ’ र आईपीओमा चलखेलको आशंका

सांसद अधिकारीले फन्ड म्यानेजरहरूले कोटामार्फत प्राप्त गरेको शेयर छोटो अवधिमै बिक्री गरी नाफा कमाउने ‘फ्लिपिङ’ प्रवृत्ति बढेको उल्लेख गरिन् । यसलाई रोक्न सेबोनले लक-इन वा अन्य कुनै प्रभावकारी व्यवस्था गरेको छ कि छैन भन्दै उनले फन्ड म्यानेजरको कोटा हटाउने वा पुनर्संरचना गर्ने विषयमा बोर्डसँग जवाफ मागिन् ।

यस्तै, आईपीओ निष्कासनमा समेत चलखेल हुने गरेको भन्दै उनले भनिन्, “आईपीओ निष्कासन गर्नुभन्दा अगाडि कम्पनीहरू एकदम नाफामा रहेको देखाइन्छ, तर आईपीओ आएको केही महिनामै कम्पनी घाटामा जान्छन् । प्रवर्द्धकहरू (प्रमोटर) लक-इन अवधि सकिने बित्तिकै सहजै आफ्नो शेयर बेचेर बाहिरिन्छन् ।” यसलाई रोक्न हालको लक-इन व्यवस्था पर्याप्त छ कि छैन भन्दै उनले प्रश्न उठाइन् ।

‘प्रि-आईपीओ’ को प्रिमियम संकलनमा प्रश्न

पछिल्लो समय धेरै कम्पनीहरूले प्रि-आईपीओका नाममा सर्वसाधारण लगानीकर्ताहरूबाट प्रिमियमसहित ठूलो रकम संकलन गर्ने चलन बढेको भन्दै उनले यसको कानुनी आधारमाथि प्रश्न गरिन् । “नियमतः प्रिमियम मूल्य निर्धारण गर्दा प्रतिशेयर नेटवर्थको आधारमा हुनुपर्ने हो,” अधिकारीले भनिन्, “प्रि-आईपीओमा प्रिमियम कसरी निर्धारण भइरहेको छ? यसरी उठेको ठूलो रकम कुन कोषमा जम्मा हुन्छ र यो कसरी सुरक्षित राखिएको छ?”

उधारो कारोबारलाई ‘ठूलो वित्तीय अपराध’ को संज्ञा, सेबोन ‘रि-एक्टिभ’ भएको आरोप

सेबोन ‘प्रो-एक्टिभ’ (अग्रसक्रिय) नियामक बन्नुपर्नेमा ‘रि-एक्टिभ’ (प्रतिक्रियात्मक) रूपमा मात्र काम गरिरहेको आरोप सांसद अधिकारीले लगाइन् । सीमित व्यक्तिहरूले रकम भुक्तानी नै नगरी अर्बौं रुपैयाँ बराबरको शेयर उधारोमा खरिद-बिक्री गरी कृत्रिम मूल्यवृद्धि गरेको र त्यसमा उच्च तहका कर्मचारीको समेत संलग्नता रहेको चर्चा आएको उनले बताइन् ।

“धितोपत्र ऐन, २०६३ विपरीत वर्षौंदेखि यस्ता गतिविधि भइरहँदा सेबोनको रियल टाइम बजार अनुगमन प्रणालीले यो कुरा किन पत्ता लगाउन सकेन? के ब्रोकर कम्पनीमाथिको नियमित अनुगमन र लेखापरीक्षण प्रक्रियामै त्रुटि थियो?” उनले प्रश्न गरिन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेपछि मात्र धितोपत्र बोर्डले अनुसन्धान सुरु गर्नुले नियामक निकायको कमजोरी स्पष्ट पारेको उनको भनाइ छ । यो घटना नेपालको वित्तीय क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय अपराध भएको र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत बनिसकेकाले सेबोनले ब्रोकरहरूको दैनिक कारोबार अनुगमन प्रणालीमा संरचनात्मक सुधारका लागि के कस्ता कदम चालिरहेको छ भनी उनले स्पष्ट जवाफ माग गरेकी छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...

नेप्से ८ महिनाकै न्यून विन्दुमा झरेपछि लगानीकर्ताद्वारा बोर्ड घेराउ, अध्यक्ष डा. भट्ट भन्छन्– ‘आजभोलिमै कार्ययोजना आउँछ’

नेप्से ८ महिनाकै न्यून विन्दुमा झरेपछि लगानीकर्ताद्वारा बोर्ड घेराउ, अध्यक्ष डा. भट्ट भन्छन्– ‘आजभोलिमै कार्ययोजना आउँछ’

वि.सं.२०८३ असार ३० मंगलवार १४:४८

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको दीगो...

नेप्से र सेबाेनका प्रमुखलाई लगानीकर्ता तारा फुल्लेलको २५ बुँदे ध्यानाकर्षण पत्र

नेप्से र सेबाेनका प्रमुखलाई लगानीकर्ता तारा फुल्लेलको २५ बुँदे ध्यानाकर्षण पत्र

वि.सं.२०८३ असार ३० मंगलवार १४:३७

काठमाडौं । लगानीकर्ता तारा फुल्लेलले नेप्से र सेबाेनका प्रमुख समक्ष...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार २९ सोमवार १५:२४

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...

नेप्सेको चरम लापर्बाही—अर्बौंको मार्जिन कर्जा प्रवाह, तर सूचना लुकाएर पारदर्शिताको धज्जी उडाउँदै नियामक

नेप्सेको चरम लापर्बाही—अर्बौंको मार्जिन कर्जा प्रवाह, तर सूचना लुकाएर पारदर्शिताको धज्जी उडाउँदै नियामक

वि.सं.२०८३ असार २४ बुधवार १०:४६

काठमाडौं । नेपालको पुँजी बजारमा लामो समयदेखिको प्रतीक्षा र सङ्घर्षपछि...