back

सुन महँगिएसँगै १० लाख डलर पुग्यो एउटै गोल्ड बारको मूल्य

न्यूयोर्क । एक थान गोल्ड बारको मूल्य १० लाख डलर पर्ने भएको छ । बहुमूल्य धातु सुनको भाउ बढेसँगै पहिलो पटक गोल्ड बारको भाउ १० लाख डलरमा पुगेको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको भाउ पहिलो पटक प्रतिऔंस २ हजार ५०० डलरमाथि उक्लिएको थियो । सुनको भाउले यो स्तर पार गरेको यो नै पहिलो पटक थियो । गोल्ड बारको औसत तौल ४०० औंस हुन्छ । यसरी सरसर्ती हिसाब गर्दा पनि एक थान गोल्ड बारको मूल्य १० लाख डलर बढी पर्ने देखिन्छ ।

यो वर्ष शुरु भएयता स्पट गोल्डको भाउ २० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । गत वर्षको यही अवधिको तुलनामा सुन ३२ प्रतिशतभन्दा धेरै महँगिइसकेको छ । मंगलबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ अधिकतम २ हजार ५२४ डलर ९८ सेन्टसम्म पुगेको थियो ।यो समाचार तयार पार्दाखेरि स्पट गोल्ड प्रतिऔंस २ हजार ५२२ डलर ५२ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ७६ प्रतिशत बढी थियो ।एजेन्सी 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...