७ अंकले बढ्यो सेयर बजार
वि.सं.२०८३ असार ३२ बिहीवार
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० को विन्दुमा पुगेको छ।आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा सुधार आउँदा नौ उपसूचकहरू हरियाली देखिएका छन् ।
बजारमा सुधार आउँदा एनआबिएल ग्रोथ फण्डको सेयर सर्वाधिक बढेको छ । कम्पनी सेयर मूल्य प्रतिकित्ता १४.९६ प्रतिशतले बढेको छ । त्यसैगरी फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १४.६७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको १४.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रकाशित समय : १५:३२ बजे






















