कालिका लघुवित्तको नाफा १३४.०३ प्रतिशतले नाफा बढ्यो
वि.सं.२०८१ साउन २५ शुक्रवार
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तले १३४.०३ प्रतिशत बढी नाफा गरेको हो ।
गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत बढेर २५ करोड ५० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तको कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत बढेर २९ करोड ९३ लाख रुपैयाँ, सञ्चालन मुनाफा १७४ प्रतिशत बढेर ९ करोड ४५ लाख रुपैयाँ र वितरणयोग्य नाफा ३ करोड ४४ लाख रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा लघुवित्तको लाभांश क्षमता ९.२७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३७ करोड २३ लाख रुपैयाँ र जगेडा कोष ३१ प्रतिशत बढेर २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तको निक्षेप तथा सापटी ६.४४ प्रतिशत बढेर ३ अर्ब ४९ करोड रुपैयाँ र कर्जा लगानी ५.१९ प्रतिशत बढेर ३ अर्ब ९० करोडको पुगेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७१ रुपैयाँ बढेर १६.८५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ ।
प्रकाशित समय : १०:२८ बजे