back

नेशनल लघुवित्त वित्तीय संस्थाको नाफा ५८ प्रतिशत बढ्यो

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तले ५८ प्रतिशत बढी नाफा गरेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.५३ प्रतिशतबाट घटेर ३.२५ प्रतिशतमा झारेको छ । गत असारसम्म लघुवित्तले १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ६५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तले कुल सञ्चालन आम्दानी १ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४७ करोड १६ लाख रुपैयाँ र वितरणयोग्य नाफा २८ करोड ११ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तले ५ अर्ब २४ करोड ५१ लख निक्षेप तथा सापटी १३ अर्ब १९ करोड ९४ लाख रुपैयाँ सापटी लिएर र २० अर्ब ६३ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९२ रुपैयाँबाट बढेर २९.२५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २४५.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.१७ गुणा रहेको छ ।

 


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८२ वैशाख ३० मंगलवार १५:३४

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

वि.सं.२०८२ वैशाख २५ बिहीवार १२:१८

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १८:३४

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:१८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा...