नेपाल टेलिकमको अध्यक्षमा राधिका अर्याल
वि.सं.२०८१ साउन २५ शुक्रवार
काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल नियुक्त भएकी छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयानुसार समूह‘क’(संस्थापक समूह)अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सञ्चालक समितिको अध्यक्ष रहने प्रावधान अनुरुप अर्याल टेलिकमको अध्यक्ष नियुक्त भएकी हुन् ।
उनले साउन २१ गते गोपनियता र इमान्दारीताको शपथ लिईसकेकी छिन् । यसअघि टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी थिए ।
प्रकाशित समय : १०:३९ बजे