back

खराब कर्जा बढ्दा एनआईसी एशियाको नाफा घट्यो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको नाफा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । जसकारण लघुवित्तको नाफा घट्न पुगेको हो । गत असारसम्म लघुवित्तले ९५ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ८ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असारसम्म लघुवित्तको कुल सञ्चालन आम्दानी ९८ करोड ८७ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१ करोड १२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ४३ करोड ६० लाख रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा लघुवित्तको लाभांश क्षमता २५.०७ प्रतिशत छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ७५ करोड रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तले १ अर्ब ५४ करोड ७१ लख रुपैयाँ निक्षेप तथा १५ अर्ब १४ करोड २२ लाख रुपैयाँ सापटी लिएर र १५ अर्ब ९४ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १०.८८ रुपैयाँबाट घटेर ७.३१ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १६८.१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...