back
himalayan life

सेयर बजार ५ अंकले घट्यो, लाइफ इन्स्योरेन्समा झुमिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.२४  अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ ।

बुधबार कारोबार रकममा नयाँ रेकर्ड कायम भएको सेयर बजारमा बिहीबार पनि दिनभरि ३३२ कम्पनीको २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन रकम बुधबारको कारोबार रकमको हाराहारी हो ।

बुधबार दिनभरि ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सेयर बजारमा नयाँ रेकर्ड कायम भएको थियो । यसअघि २०७८ सायन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूह ३.६९ प्रतिशतले बढेको छ ।

सूचीकृत १३ समूहमध्ये ६ समूहमा हरियाली छाउँदा बाँकी अन्य समूह राताम्मै भएका छन् । सबैभन्दा धेरै ट्रेडिङ समूह ३.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा यस दिन पनि सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

बिहीबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, नेपाल हाइड्रो, सुभम पावर, सिटी होटल र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...