पोखराको कपास उद्योगमा आगलागी

वि.सं.२०८१ साउन १७ बिहीवार

काठमाडौं । पोखराको एक कपास उद्योगमा आगलागी भएको छ । बिहान करिब ११ बजे सुरु भएको आगलागी विद्युत सर्ट भई लागेको हुन सक्ने अनुमान छ ।
आगो लागेर करिब २२ लाख बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन् । उद्योगमा रहेका कपास, कपडा र मेसिन सहित घरमा क्षति भएको छ । आगो नियन्त्रण लिन करिब डेढ घण्टा लागेको थियो। पोखरा ३ तेर्सापट्टी स्थित अनन्त कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योग आगो लागेको छ । प्रहरी, आर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित समय : १४:३७ बजे