back

यामाहा नेपालका साझेदार थाइल्याण्ड भ्रमणबाट स्वदेश फर्किए, ‘ब्लू सर्ज–पावरिंग अहेड टुगेदर’ मा उत्कृष्ट डिलर सम्मानित

काठमाडौं । यामाहा नेपालले ‘ब्लू सर्ज–पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ। पाँचदिने कार्यक्रममा सहभागी हुन थाइल्याण्ड पुगेका यामाहा नेपालका डिलर तथा साझेदारहरू नयाँ ऊर्जा र आगामी वर्ष थप सफल बनाउने प्रतिबद्धतासहित स्वदेश फर्किएका छन्।

जुलाई २७ देखि ३१ सम्म पटाया र बैंककमा आयोजित कार्यक्रममा औपचारिक साझेदार सम्मेलन, नेटवर्किङ सेसन, सम्मान समारोह तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा यामाहाका डिलर नेटवर्कबीच सहकार्य अझ सुदृढ बनाउने र उत्कृष्ट प्रदर्शनको सम्मान गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको गाला डिनरमा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। बी एण्ड बी अटो ट्रेडर्स, विराटचोकले बेस्ट सोसल मिडिया प्रेजेन्स, एमएडब्लू प्रालि, नेपालगञ्जले बेस्ट रिटेल फाइनान्स पेनिट्रेसन, लुम्बिनी अटो वर्क्स, ग्वार्कोले बेस्ट स्पेयर्स, राज मोटर्स, हेटौंडाले बेस्ट सर्भिस तथा V.A.W इन्टरप्राइजेज, पोखराले हाइएस्ट एएमसी सेल्स अवार्ड प्राप्त गरेका छन्।

यस्तै बेस्ट डिलरतर्फ दिपेश इन्जिनियरिङ अटो पार्ट्स एण्ड सप्लायर्स (A0), बी एण्ड बी अटो ट्रेडर्स (A1), राज मोटर्स (A2) र नवीन अटो सेन्टर, नारायणघाट (A3) सम्मानित भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले नेपाल यामाहाका लागि सबैभन्दा महत्वपूर्ण बजारमध्ये एक भएको बताए। उनले नेपालमा विद्युतीय सवारीसाधनको तीव्र विस्तारलाई उल्लेख गर्दै भारतबाहिर पहिलोपटक यामाहाको e-Zero Series इलेक्ट्रिक मोटरसाइकल नेपालमै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार नेपालको इलेक्ट्रिफिकेसन यात्रा अन्य बजारभन्दा फरक र सम्भावनायुक्त भएकाले कम्पनीले आगामी दिनमा नेपाली बजारमा विद्युतीय सवारी विस्तारलाई प्राथमिकता दिनेछ।

एमएडब्लू राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवालले कम्पनीले तय गरेको लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेकाले त्यसको सफलताको उत्सवस्वरूप थाइल्याण्ड भ्रमण आयोजना गरिएको बताए। उनले डिलर नेटवर्कको योगदानको प्रशंसा गर्दै आगामी वर्ष पनि यही उत्साह र प्रतिबद्धताका साथ अघि बढ्ने विश्वास व्यक्त गरे।

मुख्य कार्यक्रमसँगै सहभागीहरूले कोरल आइल्याण्ड भ्रमण, बैंककका प्रमुख पर्यटकीय स्थलको अवलोकन, किनमेल तथा साँझको क्रुज यात्राको समेत अनुभव लिएका थिए।

कम्पनीका अनुसार ‘ब्लू सर्ज–पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ ले यामाहा नेपाल र यसको डिलर नेटवर्कबीचको सहकार्यलाई थप मजबुत बनाउनुका साथै आगामी व्यावसायिक योजनाका लागि नयाँ ऊर्जा प्रदान गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वुलिङले नेपाल ल्यायो पहिलो ७ सिटे इलेक्ट्रिक एमपीभी ‘डारियोन ईभी’,

वुलिङले नेपाल ल्यायो पहिलो ७ सिटे इलेक्ट्रिक एमपीभी ‘डारियोन ईभी’,

वि.सं.२०८३ साउन २१ बिहीवार २०:४१

काठमाडौं । आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु हुनुअघि...

याडियाका ३ नयाँ स्कुटर सार्वजनिक, मूल्य २ लाख ३० हजारदेखि सुरू

याडियाका ३ नयाँ स्कुटर सार्वजनिक, मूल्य २ लाख ३० हजारदेखि सुरू

वि.सं.२०८३ साउन २१ बिहीवार २०:३२

काठमाडौं । विद्युतीय दुईपाँग्रे सवारी साधन ब्राण्ड याडियाले नेपालमा तीन...

अटो शोमा बीवाइडीको तयारी : अपग्रेडेड एटो ३ सार्वजनिक, अरु के-के छन् ?

अटो शोमा बीवाइडीको तयारी : अपग्रेडेड एटो ३ सार्वजनिक, अरु के-के छन् ?

वि.सं.२०८३ साउन २१ बिहीवार १४:०५

काठमाडौं । नेपालमा सर्वाधिक विद्युतीय कार बिक्री गर्ने ब्रान्ड बीवाइडीले...

फोटो खिचेर एथरको नयाँ स्कुटर जित्न सकिने

फोटो खिचेर एथरको नयाँ स्कुटर जित्न सकिने

वि.सं.२०८३ साउन २० बुधवार २२:४१

काठमाडौं । एथर इनर्जी नेपालले यही साउन २६ गतेदेखि आयोजना...

पल्सरको २५ वर्ष: ‘My Pulsar Story’ अभियान सुरु, नेपाली राइडरलाई NS400Z जित्ने अवसर

पल्सरको २५ वर्ष: ‘My Pulsar Story’ अभियान सुरु, नेपाली राइडरलाई NS400Z जित्ने अवसर

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं । बजाजले पल्सर मोटरसाइकलको २५ वर्षे यात्रा विशेष बनाउँदै...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २० बुधवार ०९:११

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो...